भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

उपमहासचिव पौडेल : एमालेले जितेका सबै ठाउँमा दाबी गर्छौं

रुकुम ।
नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी का उपमहासचिव विजय पौडेलले नेकपा एमालेले जितेका स्थानमा आफ्नो पार्टीको दाबी हुने बताएका छन्। २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेले जितेका स्थानमा आफ्नो पार्टीको दाबी स्वभाविक भएको भनाइ पौडेलको छ।

समाजवादी प्रेस संगठन रुकुम पश्चिमले बुधबार जिल्ला सदरमुकाम खलंगामा गरेको पत्रकार भेटघाटमा पौडेलले एमालेको मत लिने शक्ति भनेकै समाजवादी भएको तर्क गर्दै यस विषयमा गठबन्धनका अरु दलसँग छलफल भइरहेको बताए।

‘एमालेको भोट काट्ने भनेकै हामीले हो, कांग्रेस, माओवादी वा जनमोर्चामा त त्यो मत पहिला पनि गएन यसपटक पनि जाने कुरा भएन’ उप महासचिव पौडेलले भने, –‘पार्टीको दाबीमा केही तलमाथि हुन पनि सक्ला।’

संविधान र राष्ट्रको हितका लागि गठबन्धन बनेको भन्दै उनले संविधान नै सिध्याउने एमाले अध्यक्ष केपी शर्मा ओलीको कदमविरुद्ध अरू केही समय गठबन्धन हुनुपर्ने बताए।

आगामी प्रतिनिधिसभाको निर्वाचनसम्म गठबन्धन हुने र त्यसपछि संविधान रक्षाको ग्यारेन्टी हुने बताएका पौडेलले त्यसपछि आ–आफ्नै ढंगबाट अघि बढ्न सकिने उल्लेख गरे।

वर्ग चरित्रका हिसाबमा कांग्रेस, कम्युनिस्टको एकता वा सहकार्य स्वभाविक नभए पनि देशलाई संविधानविहीन बनाउने खेल पराजित गर्न यो गठबन्धन बनाइएको भनाइ पौडेलको छ। ओली प्रवृत्तिले सिद्धान्त र आचरण फरक पर्दै गएको त्यो सुधार हुने अवस्था नआएका कारण अर्को पार्टी बनाउनु परेको भन्दै पौडेलले बृहत्तर कम्युनिस्ट पार्टी निर्माणमा भने आफ्नो पार्टी सधैँ खुल्ला रहेको बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation