हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

गिरधारिलाल न्यौपाने : सत्ताको लोभमा गरिएको गठबन्धन उद्देश्य बिहिन

कपिलवस्तु ।
नेपाल कम्युनिष्ट पार्टी एमाले का केन्द्रिय सदस्य गिरधारिलाल न्यौपानेले एमालेले कुनै दलसंग नभई जनतासंग गठबन्धन गर्ने बताउनुभएको छ । एमाले कपिलवस्तु जिल्ला कमिटिको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै नेता न्यौपानेले एमालेले निर्वाचनमा हार्ने डरले कुनै दलसंग गठबन्धन नगरी देशभरका ३ करोड जनतासंग गठबन्धन गर्ने बताउनु भएको हो ।

पार्टीका कृषि तथा पशुपक्षि विभाग प्रमुख समेत रहनुभएका न्यौपानेले निर्वाचनमा हार्ने डरले सत्ता र कुर्चीको लोभमा गरिएको ५ दलीय गठबन्धन उद्देश्य बिहिन र गन्तब्य हिन रहेकाले त्यो जनताले बुझिसकेको बताउनुभयो ।

केन्द्रिय सदस्य न्यौपानेले देशको सबै भन्दा ठुलो पार्टी एमाले कसैसंग गठबन्धनबाट होइन ३ करोड नेपाली जनतालाई विश्वासमा लिएर निर्वाचनमा जाने बताउनु भयो । उहाँले ब्यक्ति केन्द्रित नभई पार्टी केन्द्रित सूर्य चिन्हलाई देशैभर फहराउनका लागि सबै केन्द्रित हुनुपर्ने बताउनुभयो ।

नेता न्यौपानेले जनलहर एमालेको पक्षमा रहेको जिकिर गर्दै अब पार्टी, जनवर्गीय संगठन, कार्यकर्ता सबै जना स्थानीय तहको निर्वाचन केन्द्रित हुन आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation