हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

लुम्बिनीमा कांग्रेसद्वारा चुनावी गठबन्धनका लागि वार्ता समिति गठन

बुटवल ।
नेपाली कांग्रेस लुम्बिनी प्रदेशले प्रदेशभर चुनावी गठबन्धन बनाउन सभापति अमरसिंह पुनको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ।

कांग्रेसको बुटवलमा सम्पन्न प्रदेश समितिको बैठकले सत्तारुढ दलहरुसँग जिल्लास्तरमा भइरहेको वार्तालाई सघाउँदै गठबन्धन थप बलियो बनाउनका लागि सभापति पुनको संयोजकत्वमा वार्ता समिति बनाएको हो।

समितिको सदस्यमा भरत कुमार शाह, भुवन प्रसाद श्रेष्ठ, राजु खनाल, प्रकाश राना रहेका छन्। बैठकले प्रदेश कार्यसमितिका प्रवक्ता प्रचण्ड बिक्रम न्यौपानेको संयोजकत्वमा एक हजार १०१ जनाको प्रचार प्रसार समिति गठन गर्ने निर्णय गरेको छ। माधव खरेलको संयोजकत्वमा यस्तै अनुशासन समिति गठन गरेको छ। जसमा महेन्द्र पाण्डे, प्रेमलता भट्ट र कृष्ण प्रसाद अधिकारी सदस्य रहेका छन्।

यस्तै महामन्त्री विक्रम खनालको संयोजकत्वमा ५ सदस्यीय घोषणा पत्र लेखन समिति गठन गरेको सभापति पुनले जानकारी दिए। यो समितिको सदस्यहरुको मनोनयन विभिन्न विज्ञता हाँसिल गरेको व्यक्तित्वहरूलाई संयोजकबाट मनोनित गर्ने कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation