चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

बारा र पर्साको दुर्घटनामा दुई बालकको मृत्यु

वीरगञ्ज ।
पर्सा र बारामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा विष्णु महायज्ञका लागि निकालिएको कलश यात्रामा प्रयोग गरिएको ट्याक्टरले किचेर एक बालकको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका–२ गुल्बरियाका धनीलाल यादवका छोरा ५ वर्षीय रितेश कुमार यादवको मृत्यु भएको हो ।

प्रदेश नं २– ०३–००१ त ४०९४ नम्बरको ट्याक्टरको टेलरबाट दिउँसो सवा १२ बजे खसेका उनलाई दाहिने तर्फको चक्काले किचेर घाइते बनाएको थियो । घाइते अवस्थामा उद्दार गरी उनलाई उपचारका लागि वीरगञ्ज हेल्थ केयर अस्पतालमा पठाइएको थियो ।

अस्पतालमा चिकित्सकले बालकको मृत्यु भएको घोषणा गरेको जिल्ला प्रहरी कर्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए । ट्याक्टर चालक स्थानीय १८ वर्षीय प्रदीप कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

त्यसैगरी बाराको निजगढ नगरपालिका(१० लालमा स्थानीय बुद्धिलाल बम्जनको ९ वर्षीय छोरा विपास बम्जनको पनि ट्याक्टरले किचेर मृत्यु भएको हो । बुधबार बिहान ८ बजे ट्याक्टरमा चढ्ने क्रममा रोटाभेटरले किचिन गई घटनास्थलमै बम्जनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्र।२–०३–००१ त १३१३ नम्बरको ट्याक्टर स्थानीय सूर्य बम्जनको खेत जोत्न प्रयोग गरिएको थियो । घटनापछि ट्याक्टर चालक फरार छन् । उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation