हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

बुटवलमा एमाले अध्यक्ष ओलीको पुत्ला दहन

बुटवल ।
नेपाल मगर युवा संघको एक समूहले रुपन्देहीको बुटवलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । ओलीले हालै नेपालका प्रथम शहीद लखन थापा मगर नभई बाकावीर हुन् भनी अभिव्यक्ति दिएको विरोधमा उक्त समूहले पुत्ला दहन गरेको हो । बुटवलको राजमार्ग चौराहामा पुत्ला दहन गर्नुअघि सो समूहले ओलीविरुद्ध नाराबाजी पनि गरेको थियो ।

विरोध सभा कार्यक्रममा नेपाल मगर संघ लुम्बिनी प्रदेश उपाध्यक्ष धनी आले, रुपन्देही जिल्ला सचिव थर्कबहादुर बाह्रघरे, सोनु थापालगायतले ओलीले आफ्नो अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म चरणवद्ध आन्दोलन गर्ने बताए ।

२०७२ असोज ३ गते तत्कालिन मन्त्रिपरिषदले निर्णय गरी लखन थापा मगरलाई नेपालको प्रथम शहीद घोषणा गरेको थियो । तर ओलीले सो विषय खण्डन गर्ने गरी दिएको अभिव्यक्तिले प्रथम शहीद थापा र मगर समु्दायको अपमान गरेको उनीहरुले बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation