लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

नेतृ रेखा थापा नथाक्ने योद्धा र नारीको प्रेरणास्रोतपनि हुन्

एचबी ताम्राकार ।
रेखा थापाको बारेमा सवैलाई जानकारी छ । नेपाली चलचित्र जगतमा एक फरक पात्रको रुपमा भूमिका निर्वाह गरेर समाज रूपान्तरणको अभियानमा मजबुद इट्टाको रुपमा काम गर्नु भयो । नेपाली चलचित्र मनोरंजन को थलो मात्र नभएर समाजको पुरानो सोच र चिन्तन लाई पाखा लगाउन महत्वपूर्ण भूमिका खेलेको थलोपनि हो ।

नेपाली समाजमा एक नारी लाई कमजोर पात्र को रुपमा देखाईन्थ्यो भन्दा फरक पर्दैन् । नारी लाई चलचित्र मा प्रेमिका , श्रीमती , छोरी वा पुरुषको सहयोगी पात्रको रुपमा मात्र समिति राखिएको थियो । जब नेपाली चलचित्रमा एकपछी अर्को दबंग भूमिका निर्वाह गर्दै नारी पनि चलचित्र को मुख्य पात्र हो भनेर देखाउन थाले तब मात्र नारीहरुको साहस , हौसला र मनोबल बढ्दै गयो । यसको पछाडीको प्रमुख हात हुन् नायिका रेखा थापा । पछिल्लो पुस्ताले रेखा थापा लाई प्रेरणास्रोत को रुपमा पनि लिने गरेका छन् ।

नेपाली समाजमा छोरीहरुको मनोबल बढ्नुको पछाडी रेखा थापाको महत्वपूर्ण भूमिका रहेको छ । उनले दुर्गम ठाउँमा गएर छोरीहरुको मनोबल बढाउन चलचित्र निर्माण गर्नुभएको छ । नेपाली समाजमा छोरीलाई दाइजो दिने प्रथा रहेको प्रति घोर विरोध गर्दै , छिट्टै विहे नगरेर अध्ययन गराएर मात्र भविष्य को निर्णय लिने जिम्मा छोरीहरु लाई दिनुपर्छ भन्दै पटक पटक वकालत गर्ने नेतृ हुन् । उनको साहसिक कदमहरु चलचित्र मा मात्र होईन् , रियल लाईफमा पनि देखिएका छन् ।

विदेश मा अलपत्र युवाहरु देखी देश विदेश का युवाहरुको हरेक पिडामा निरन्तर सरकारलाई खुलेर चुनौती दिने एकमात्र नायिका भन्दा फरक पर्दैन । उनले देशको अस्तव्यस्त राजनिति देखेपछी पहिलो पटक माओवादी ले केही गर्छ की भनेर राजनिति मा पाईला टेकाएकी थिइन । तर, ठुला भनिएका पार्टीहरुको सिन्डिकेट ले केही गर्न सक्ने आधार नदेखेपछी राप्रापा बाट राजनिति गरेर देशको आर्थीक प्रगति गर्न सकृय छिन् ।

जब, राप्रपा को अध्यक्ष मा राजेन्द्र लिङ्देन विजय हुनु भयो तब , देशमा नयॉं आशा र भरोसा पलाएको भन्दै पुरै तन र मन का साथ चुनावी मैदानमा रेखा थापा पनि राप्रपा लाई जिताउन अहोरात्र खटिनु भएको छ ।

कहिले पश्चिम त कहिले पुर्व को आमसभा मा सकृय रुपले लागिरहेका तस्विर र भिडियोहरु चर्चा को सिखरमा छन् । देश को व्यवस्था संगै अवस्था पनि परिवर्तन हुनुपर्ने माँग राख्दै नेतृ रेखा थापा अहोरात्र खटिनु भएको छ ।

रेखा थापा ले नेपाल समृद्ध भएको हेर्न चाहेकी छिन् । यो आशा निराशा मा बदलिने छैन् भन्दै निरन्तर आफ्नो गन्तव्य मा संघर्षरत नारी हुन् रेखा थापा ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation