हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

कपिलवस्तुमा २७ दल , ३ लाख ७३ हजार मतदाता, बाणगंगामा महिला मतदाता बढी

मोहन बेल्वासे ।
आसन्न स्थानीय तहको निर्वाचनमा कपिलवस्तुमा २७ दल दर्ता भएका छन् । राष्ट्रिय मान्यता प्राप्त ६ दल तथा निर्वाचन चिह्न प्राप्तिका लागि २१ दलले निवेदन दिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

दर्ता भएका राष्ट्रिय मान्यता प्राप्त दल नेकपा ९एमाले०, नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एकीकृत समाजवादी० , जनता समाजवादी पार्टी नेपाल र लोसपा रहेका छन् । त्यस्तै अन्य २१ दलले निर्वाचन चिह्न प्राप्तिका लागि निवेदन दर्ता गरेको जिल्ला निर्वाचन अधिकारी ज्ञानुराम पंन्थीले जानकारी दिए।

निर्वाचन आयोगमा ७९ दल दर्ता भएका छन् । कपिलवस्तुमा दर्ता भएका २७ दलबाहेक अन्य दलले उमेदवारी दर्ता गर्न चाहे स्वतन्त्ररुपमा उठ्नुपर्ने पंन्थीले बताए । निर्वाचन कार्यतालिका अनुसार आउँदो वैशाख ८ अगावै सदरमुकाम तौलिहवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा ८ गते स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरिने पंन्थीले बताए । आयोगले वैशाख ११ र १२ गते स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ताको समयसीमा तोकेको छ ।

२०७९ को निर्वाचनमा कपिलवस्तुमा मा ३ लाख ७३ हजार १ सय मतदाता रहेका छन् । यसमध्ये १ लाख ७३ हजार ८ सय ११ पुरुष, १ लाख ९९ हजार २ सय ८७ महिला र अन्य दुईले मतदानमा भाग लिन पाउने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि जिल्लामा २३५ मतदानस्थल र ४६८ मतदान केन्द्र व्यवस्थित गर्ने जनाईएको छ । जिल्लामा ६ नगरपालिका र ४ गाउँपालिका छन् । यता जिल्लाकै अग्रिण मानिदै आएको बाणगंगा नगरपालिकामा महिला मतदाता संख्या बढी रहेको छ । अन्य नगर तथा गाउँपालिकामा पुरुषमो संख्या बढी हुदाँ बाणगंगामा मात्र महिलाको संख्या बढी देखिएको हो ।

२९ हजार ३ सय ४ पुरुष मतदाता रहेको बाणगंगा नगरमा ३१ हजार ८ सय ७१ महिला मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ । ६१ हजार १७७ मतदाता रहेको बाणगंगा नगरमा ३० मतदानस्थल र ७५ मतदान केन्द्र तोकिएको छ । त्यसैगरि ४५ हजार ३४१ मतदाता रहेको बुद्धभुमि नगरमा ३० मतदानस्थल र ५७ वटा मतदान केन्द्र, ४७ हजार ८० मतदाता रहेको कपिलवस्तु नगरमा ३१ मतदानस्थल र ५९ मतदान केन्द्र, ३६ हजार ८ सय ८३ मतदाता रहेको कृष्णनगर नगरपालिकामा २४ वटा मतदानस्थल र ४८ वटा मतदान केन्द्र , ३२ हजार ३ सय २१ मतदाता रहेको महाराजगंन्जमा २३ मतदान स्थल र ४१ मतदान केन्द्र ,४४ हजार ४ सय ५८ मतदाता रहेको शिवराज नगरमा २५ मतदान स्थल र ५५ मतदान केन्द्र तोकिएको कार्यालयले जनाएको छ ।

यस्तै ३१ हजार १६मतदाता रहेको मायादेवी गाउँपालिकामा २२ मतदानस्थल र ३९ वटा मतदान केन्द्र, २३ हजार २४७ मतदाता रहेको यशोधरा गाउँपालिकामा १५ मतदानस्थलमा २९ मतदान केन्द्र तथा २३ हजार ८०२ मतदाता रहेको विजयनगर गाउँपालिकामा १८ मतदानस्थल र ३० वटा मतदान केन्द्र र २७ हजार ७ सय ७५ मतदाता रहेको १७ मतदानस्थल र ३५ मतदान केन्द्र , २७ हजार ७ सय ७५ मतदाता रहेको शुद्धोधन गाउँपालिकामा १७ मतदान स्थल, र ३५ मतदान केन्द्र व्यवस्थित गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation