लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

देशकै पहिलो बालमैत्री पालिका दाङको घोराही

दाङ ।
ङको घोराही उपमहानगरपालिका देशकै पहिलो बालमैत्री पालिका घोषणा गरिएको छ । आज बुधवार एक कार्यक्रमका बीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले बालमैत्री स्थानीय शासनका सबै सूचक पूरा गरेकाले घोराहीलाई सङ्घीय शासन व्यवस्थापछिको पहिलो बालमैत्री उपमहानगरका रूपमा घोषणा गर्नुभएको हो ।

मुख्यमन्त्री केसीले घोराही उपमहानगरले प्रदेशमै गर्व गर्नलायक उपलब्धि हासिल गरेको बताउनुभयो । उहाँले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाएर ऐतिहासिकता हासिल गर्न सकेकोमा बधाई दिनुभयो ।

मुख्यमन्त्री केसीले घोराही उपमहानगरपालिकाले स्थानीय सरकारले गरेका काममा प्रदेशमै चर्चा कमाएको भन्दै बालमैत्री पालिका घोषणा गरेर आफूलाई अब्बल सावित गरेको बताउनुभयो । कार्यक्रममा उपमहानगरका मेयर नरुलाल चौधरीले पालिकालाई देशकै पहिलो बालमैत्री उपमहानगर बनाउँदै बालबालिकाको हक अधिकार स्थापित गर्दै सभ्य, स्वस्थ र मर्यादित उपमहानगर बनाएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation