लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

शिवराजमा आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे उद्घाटन

राम अवतार चाैधरी
कपिलवस्तु,

कपिलवस्तुको शिवराज नगरपालिका नगरपालिका-२, मदरहवामा आधारभूत स्वास्थ्य सेवा केन्द्रकाे भवन उद्घाटन गरिएकाे छ । बुधबार एक कार्यक्रमका बीच सेवा केन्द्र तथा जग्गादातालाई सम्मान गरिएको आयाेजकले जनाएकाे छ ।

शिवराज नगर प्रमुख नेत्रराज अधिकारीले भवनकाे उद्घाघन कार्यक्रमलाई सम्बाेधन गर्दै टाढा जानुपर्ने बाध्यता हटेको बताए । स्थानीय समुदाउकाे समस्यालाई मध्यनजर गर्दै भवन निर्माण गरि केन्द्र सञ्चालन ल्याएकाे उनले जनाए । विगतका दिनमा सेवा प्रवाह गर्न भाडा तिर्दै आएकाे बताउँदै अब भने सहज प्रदान हुने विश्वास समेत प्रमुख अधिकारीले व्यक्त गरे । आम नागरिककाे स्वास्थ्यलाई ध्यानमा राखी सेवा केन्द्र निर्माण गर्न जग्गा दान गर्ने दातालाई धन्यवाद समेत दिए । 

यसैबीच उपप्रमुख शिवकुमारी थारुले नगर भित्रका प्रायः सबै वडामा बर्थिङ सेन्टर लगायत स्वास्थ्य चाैकी स्थापना गरिएकाे उल्लेख गरिन् । निर्वाचित भएदेखि ठाउँठाउँमा नागरिकलाई सहजता प्रदान हुने उद्देश्यले आफू लगायत पालिकाले समेत सक्दाे प्रयास गरेकाे उनले बताइन् । सामान्य भिडियो एक्सरे गर्न बुटवल लगायत अन्यत्र जानुपर्ने बाध्यता अब नहुने थारुले दावी गरिन् । 

उक्त कार्यक्रम शिवराज नगर वडा नम्बर २ का वडाध्यक्ष राम बहादुर चाैधरी, प्रशासकीय अधिकृत गणेश प्रसाद अर्याल, स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराई, समाजसेवी जग्गादाता मधुसूदन पाेख्रेल लगायतले सम्बाेधन गरेकाे वडा सचिव नारायण पंगेनीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation