दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

नेपाली विद्यार्थीले बनाए १ युनिट बिजुलीमै १०० किमी गुड्ने विद्युतीय कार, विश्व प्रतिस्पर्धामा जाँदै

काठमाडौं । नेपाली विद्यार्थीहरूले कम ऊर्जामा लामो दूरी तय गर्ने विद्युतीय गाडी बनाउन सफल भएका छन् । अन्तर्राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागी हुनेगरी थापाथली क्यापम्समा मेकानिकल इन्जिनियरिङ अध्ययनरत १२ जना विद्यार्थीको समूहले यस्तो गाडी बनाएको हो ।

आउँदो सेप्टेम्बरमा हुने ‘शेल इको म्याराथन’ विश्व स्तरीय प्रतियोगिताका लागि यो टोलीले नेपालको प्रतिनिधित्व गर्नेछ । ऊर्जा संकट, बढ्दो वातावरणीय प्रदुषण आदिलाई न्यूनिकरण गर्ने रोयल डच शेलले वर्षेनी विश्व स्तरीय शेल इको म्याराथन प्रतियोगिता आयोजना गर्दै आएको छ ।

कोभिड १९ महामारीका कारण पछिल्ला केही वर्ष अनलाइनमार्फत भइरहेको सो प्रतियोगिता यस वर्ष भने आगामी सेप्टेम्बरमा भौतिक रूपमै आयोजना हुनेछ ।

“कोरोना महामारीका कारण हामी सन् २०२० मा अनलाइनबाटै सहभागी भएका थियौँ,” टेकपानासँग कुरा गर्दै ‘टिम शिरेटो’का टिम लिडर सौगात पाण्डेले भने, “यस वर्ष भने नेपाललाई प्रतिनिधित्व गर्दै भौतिक रूपमै सहभागी हुने योजनामा छौँ ।”

प्रतियोगिताको उपाधि जुन समूहले कम ऊर्जामा लामो दूरी तय गर्ने गाडी निर्माण गर्न सक्छ, उसैलाई विजेता घोषित गरिनेछ । “टिम शिरेटो”ले निर्माण गरेको यो गाडीको नाम मैचा राखिएको छ ।

यो गाडीमा लिथियम आयन ब्याट्री र २५० वाट ब्रसलेस डीसी मोटरसहित साइकलका तीन ओटा पाङ्ग्रा राखिएका छन् । यसको आकार सानो बनाउनुको मुख्य उद्देश्य सकेसम्म यसको तौल कम गराउनु हो ।

जसले गर्दा अझ बढी दूरी तय गर्न सकिने विद्यार्थीहरूको अपेक्षा छ । यसलाई सुतेर चलाउन मिल्ने गरि डिजाइन गरिएको छ । प्रतियोगितालाई मध्यनजर गर्दै यसलाई प्रोटोटाइप मोडलमा डिजाइन गरिएको पाण्डेले बताए ।

प्रतियोगितामा एउटा प्रोटोटाइप मोडेल र अर्को सहरी अवधारणा (अर्बान कन्सेप्ट) समावेश गरिएको हुन्छ । ‘अर्बान कन्सेप्ट’ विशेषगरी हामीले बाटोमा देखिरहेका चार पाङ्ग्रे गाडीलाई भनिन्छ ।

“अहिले हामी प्रोटोटाइप मोडेलमा बढी केन्द्रित भए पनि २०२३ मा हुने प्रतियोगितामा अर्बान ‍मोडेलको गाडी डिजाइनमा केन्द्रित हुने योजनामा छौँ,” पाण्डेले भने ।

हाल परीक्षणकै चरणमा यो गाडीले १०० किमी दूरी तय गर्न ब्याट्रीको एक युनिट विद्युत खपत गर्छ । यो दूरीलाई बढाएर ब्याट्रीको एक युनिट विद्युत खपतमा १५० किमी दूरी तय गराउने लक्ष्य सहित टिम शिरेटो सक्रिय छ ।

यो कार्य सम्पन्न गर्न उनीहरूलाई करिब एक वर्ष लागेको थियो । तीन लाख रुपैयाँभन्दा बढी लागतमा सम्पन्न भएको यो विद्युतीय गाडीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास समूहका सदस्यको छ ।

यसमा समावेश गरिएको मोटर कन्ट्रोलर र अन्य केही पाटपुर्जा टिमका विद्यार्थी आफैँले विकास गरेका हुन् भने ब्याट्री र मोटर बाहिरबाट आयात गरिएको हो । भविष्यमा मोटर कन्ट्रोलर धेरै मात्रामा उत्पादन गर्न सके देश बाहिर निर्यात गरेर आम्दानी गर्न सकिने टिमको विश्वास छ ।

साथै विद्युतीय गाडी निर्माणका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन भइरहेका छन् । जसले गर्दा भविष्यमा नेपालमै निर्माण भएका विद्युतीय गाडी अन्य देशमा निर्यात गर्न सकिने सम्भावना रहन्छ ।

हाल यसमा खर्च हुने रकम क्याम्पस र गोल्छा अर्गनाइजेसनले सहयोग स्वरूप उपलब्ध गराएको छ । तत्काल बजेट अभावका कारण प्रोटोटाइपमा केन्द्रित रहे पनि २५ लाख रुपैयाँ सङ्कलन भएको अवस्थामा अर्बान मोडेलको गाडी निर्माण गर्ने टिम शिरेटोको लक्ष्य छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation