हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

कृष्णनगरका मेयर शाहले आफुु चढ्ने गाडी फिर्ता गरे

कपिलवस्तु ।
निर्वाचन अचारसंहिता लाग्नुभन्दा अगावै कृष्णनगर नगरपालिकाका नगरप्रमुखले चढ्ने गाडी फिर्ता गरका छन । स्थानीय निर्वाचन २०७४ मा स्वतन्त्र उम्मेदवारको रुपमा नेपालभरि कै नगरपालिकाका स्वतन्त्र उम्मेदवारमध्ये सबैभन्दा बढी फरक मतान्तरले जीत हासिल गरेका कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले आफू चढ्ने पालिकाको गाडी हस्तान्तरण गरिसकेको बताउनुभएको छ ।

निर्वाचन आचारसंहिता लाग्नुभन्दै पहिलै नै नगरपालिकाको गाडीको सांचो प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र ढकाललाई सुम्पिएको नगरप्रमुख शाहले जानकारी दिनुभयो ।

आइतबार अफिस समयमा नगरपालिका पुगेर सेतो प्लेटको स्कारपियो गाडीलाई नगरपालिका तथा अन्य सरकारी कामकाजका लागि फसर्ता गरिएको छ । अन्य एउटा गाडी उपमेयर सबनम खातुनले चढ्ने पनि छिट्टै फिर्ता हुने योजना शाखा प्रमुख साकिर अहमद शाहले जानकारी गराउनुभयो ।

स्थानीय निर्वाचन २०७८ को आचार संहिता लागेसंगै जनप्रतिनिधिहरुले लिने सेवासुविधामा रोक लाग्ने भएकाले जिल्लामै पहिलो स्थानीय तहका जनप्रतिनिधिले गाडी फिर्ता गरेका हुन ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation