हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अझै १ करोड भन्दा बढी व्यक्ति खोप लगाउन बाँकी

 

 

काठमाडौं – सरकारले चैत्र मसान्तभित्र सबै नेपालीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने दाबी गरे पनि अझै १ करोड ९ लाख ९१ हजार ५ सय ५० व्यक्ति खोपको दायरमा आएका छैनन् ।

हाल नेपालमा कुल जनसंख्याको ६२.३ प्रतिशत व्यक्तिले मात्र कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोप लगाउन सुरु भएको १३ महिनाको अवधिमा १ करोड ८२ लाख ९ सय ३० जनाले पूर्ण खोप लगाएका हुन । ७४.४ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन् ।

१८ वर्ष माथिका ८० प्रतिशत व्यक्तिले पूर्ण खोप लगाएका छन् भने करिब ९२ प्रतिशले भने एक डोज खोप लगाएका छन् ।

१२ देखि १७ वर्ष उमेर समूहका ३४ लाख ५ हजार ५ सय ५५ जना किशोर किशोरीमध्ये ५९ प्रतिशतले पूर्ण खोप लगाएका छन् भने ९० प्रतिशतले पहिलो मात्रा खोप पूरा गरेका छन् ।

१५ लाख १५ हजार ५ सय ७ जनाले भाइरसविरुद्धको बुस्टर डोज खोप लगाएको मन्त्रालयले जनाएको छ । नेपालले हालसम्म खरिद र अनुदान गरी ४ करोड ७८ लाख ८२ हजार ८ सय खोप प्राप्त गरेको छ ।

जसमध्ये ३ करोड ८२ लाख ९२ हजार ५ सय १९ मात्रा खोप लगाइएको छ । हाल ९५ लाख ९ हजार २ सय ८१ डोज खोप मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation