लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

संसारकै एक नम्बरको विषालु झारले पाँचखालमा कब्जा जमाउँदै 

आलंकारिक बिरुवाहरूको पैठारीका क्रममा यो झार पनि नेपालमा दुर्घटनावश भित्रिएको वा विकास(साझेदारहरुमार्फत भुक्षय रोकथामको प्रयोजनको निहुँमा नियतवश नै भित्र्याइएको हुन सक्छ ।

नेपालमै पहिलो पटक काभ्रेको पाँचखाल क्षेत्रमा सिंगापुर डेइजी भनेर चिनिने ‘ नामक खतरनाक मिचाहा झार फेला परेको छ । जमिनमा गुन्द्री ओछ्याइए जसरी फैलिने यो बहुवर्षीय झारको काण्ड जमिनमा परेपछि त्यहीँबाट पुनः फैलिन सक्दछ र, अत्यन्तै सुख्खादेखि ओसिलो क्षेत्रमा पनि सजिलै फस्टाउन सक्दछ ।

यो झार फैलिएको ठाउँमा अन्य वनस्पतिहरु उम्रिन वा हुर्किन सक्दैनन् । यो बिरुवाको कुनै पनि भाग वर्षाको पानी वा सिंचाइको पानीले बगाएर लगेमा कृषियोग्य क्षेत्र तथा प्राकृतिक क्षेत्रमा तुरून्त स्थापित भइ त्यस्ता क्षेत्रहरुलाई अत्यन्तै छिटो प्रयोजनहीन बनाइदिन सक्दछ । तसर्थ, छिटोभन्दा छिटो यो झारलाई निर्मूल नगरिए नेपालको जैविक विविधतामा यसले नराम्रो असर गर्न सक्ने विज्ञजनको सुझाव छ ।

ब्राजिल हुँदै एसिया, अफ्रिका र ओसेनियाका समशितोष्ण क्षेत्रमा पर्ने देशहरुमा स्थापित भइसकेको यो प्रजाति संसारका सबैभन्दा खतरनाक सय प्रजातिहरूको सूचीमा पर्ने एक नम्बरको मिचाहा झार भएको कृषिविज्ञ प्रकाश पौडेलको भनाइ छ ।

आलंकारिक बिरुवाहरूको पैठारीका क्रममा यो झार पनि नेपालमा दुर्घटनावश भित्रिएको वा विकास(साझेदारहरुमार्फत भुक्षय रोकथामको प्रयोजनको निहुँमा नियतवश नै भित्र्याइएको हुन सक्ने अनुमान गरिएको छ ।

हाल यो झार सुनकोशी नदीमा मिसिने झिकु खोला आसपासको १५ किलोमिटर क्षेत्रभित्र मात्रै सीमित रहेको छ र त्यहाँ यसले आफ्नो खतरनाक मिचाहा प्रवृत्ति देखाउन थालिसकेको छ । निर्मुलिकरणसम्बन्धी विषेश प्रक्रियाबाट यो झारलाई तुरुन्त नष्ट गर्नुपर्ने औंल्याइएको छ । यसलाई अन्य कुनै भौतिक वा ज़ैविक तरिकाले नष्ट गर्न नसकिनेतर्फ समेत पाँचखाल नगरपालिकाको ध्यानाकर्षण गराइएको छ ।

पाँचखाल क्षेत्रका स्थानीय कृषकहरुका अनुसार पाँचखालमा यो झार फैलिएको करिव सात वर्ष भइसकेको छ, तर सरोकारवाला सरकारी निकायको दृष्टि भने भर्खरै मात्र परेको बताइन्छ । कृषि शहरको रुपमा विकसित हुँदै गरेको पाँचखालमा यसरी खतर्नाक नयाँ विष मौलाउँदा पनि यसबारे बोल्ने र सचेतना जगाउने कोही देखिएका छैनन् ।

कृषिमा विषालु तत्व मौलाइरहँदा जनप्रतिनिधिहरु भने प्लटिङ पेशामा मौलाइरहेका र किसानका समस्याप्रति नजरअन्दाज गरिएको भन्दै स्थानीय सचेत युवा श्रीकृष्ण धिमालले ब्यङ्ग्यात्मक ढङ्गबाट दुःख प्रकट गरेका छन् । खतर्नाक झारले पाँचखालका कुला, खोला खेत सबै सक्न लागिसक्दा पनि जनप्रतिनिधिहरु किसानमुखी नबनी तस्करमुखी भएको उनको आरोप छ ।

स्थानीय निर्वाचन भएको ५ वर्षसम्म पनि कृषि नीति जारी नगरेको, किसानको पक्षमा सिन्को नभाँचेको, कुलो र बाँध नबनाएको, विदेशी विषाक्त झारबारे जनतालाई सूचना नदिएको भन्दै उनले आक्रोश पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation