चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

नेपाललाई हिन्दूराष्ट्र बनाउन शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीको मार्गनिर्देशन

काठमाडौं ।
नेपाललाई हिन्दूराष्ट्र बनाउने उद्देश्यले वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीको नेतृत्वमा स्थापित एकीकृत शक्ति नेपालको एउटा ठूलो टोली भारत भ्रमणमा रहेको छ । २०७८ चैत ११ गते जनकपुर हुँदै रेल मार्गबाट शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीसंग वार्ता तथा भेटघाटका लागि भारतको पुरी, उडिसा पुगेका छन् ।

एकीकृत शक्ति नेपालका अध्यक्ष देव प्रकाश त्रिपाठीको नेतृत्वमा पदाधिकारीहरूसहित ५८ जनाको टोलीले मज्जगदगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीसँग उडिसाको जगन्नाथपुरीस्थित जगन्नाथ मठमा भेटघाटका साथै नेपाललाई हिन्दूराष्ट्र बनाउने विषयमा गंभीर छलफल भएको जानकारी हुन आएको छ ।

श्री मज्जगदगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीसङ्गको छलफल तथा भेटघाटमा एकीकृत शक्ति नेपालका वरिष्ठ उपाध्यक्ष प्रा।डा। रामप्रसाद उप्रेती, उपाध्यक्ष शम्भुमान सिंह , इन्द्र तामाङ, सचिबहरू पदम पाण्डे, दुर्गाविक्रम थापा र सुभाश प्रसाद पाण्डे, कोषाध्यक्ष श्याम पाण्डे, उपत्यका संयोजक जुलुम रत्न डङ्गोल, प्रचार विभाग प्रमुख दीपक सिंह महर्जन, महिला विभाग प्रमुख अक्षता प्रधान, नेतृहरू अन्जु सुवेदी, आरती राना मगर , नेताहरू टुङ्गराज पाठक , श्रीराम श्रेष्ठ , नवीन रिसाल , भरत कोइराला , एलबी मोक्तान , भिक्षु आनन्द लगायतको सहभागिता रहेको जानकारी हुन आएको छ ।

एकीकृत शक्ति नेपालका अध्यक्ष देव प्रकाश त्रिपाठीले बताए अनुसार, ुुश्री मज्जगदगुरु शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वतीज्यूसङ्ग नेपाललाई हिन्दूराष्ट्र बनाउने सम्बन्धमा एकीकृत शक्ति नेपालका नेताहरूको छलफल हुँदा गुरुज्यूबाट अत्यन्त उपयोगी मार्गदर्शन प्राप्त भयो, त्यस निम्ति गुरुज्यूप्रति हार्दिक आभार अर्पण गर्दै मार्गदर्शन पालना हुने प्रण गर्दछौुुं भनी बताएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation