भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

महालेखापरीक्षक शर्मा सत्तरी प्रतिशत सरकारी कर्मचारी काम नगरी खान्छन्

काठमाडौं ।
महालेखापरीक्षक टंकमणि शर्माले ७० प्रतिशत कर्मचारीले कामै नगरी खाने गरेको बताएका छन् । संघीयताको कार्यान्वयनबारे बुधबार राजधाानीमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेपालमा ७० प्रतिशत काम नगर्ने कर्मचारीहरु रहेको अध्ययनले निस्कर्ष निकालेको भन्दै यसमा सरकार गम्भीर हुनुपर्ने बेला आएको बताए । संघीयतामा जाँदा अधिकांश स्थानमा अधिकार राजनीतिक नेताहरुले लिने गरेको शर्माको भनाई छ ।

उनले संघीयता कार्यान्वयन गर्ने सिलसिलामा अतिव्यापी नक्कल गर्ने काम पनि भइरहेको बताए । शर्माले भन, ‘सार्वजनिक प्रशासन हामीले सामान्य रुपमा पहिले सोचिरहेको भन्दा संघीयतामा अलि फरक जाँदो रहेछ । सार्वजनिक प्रशासन भन्नेबित्तिकै व्यूरोक्र्यासीले काम गर्छ, निजामति सेवा हुन्छ, सरकारी संयन्त्रहरु परिचालित हुन्छ, त्यस्तो मात्रै होइन् ।

अहिले हेर्दै जाँदा धेरैजसो अधिकार र डे टू डे एक्जुकेटिभ फङ्गशनहरु पोलिटिकल लिडरहरुले गरिरहेका छन् । वडामा, पालिकामा, अलमस्ट त्यसरी भइरहेको छ ।’

अहिलेको संघीयता कार्यान्वयन गर्ने सिलसिलामा भएका समस्याहरु एउटा डुप्लिकेशन, ओभरल्यापिङ र प्रकाशन यी तीन समस्या छ भन्दै उनले संयन्त्रमा पनि वर्किङ प्रोसिडिमा पनि, रिसर्सेसमा पनि र सबै कुरामा यी तीन कुरा देखिएको बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation