भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

सर्वसाधारणका माग र आवस्यक्ता खोज्दै एमाले नेता कुनाल प्रताप शाह

कपिलवस्तु ।
कपिलवस्तुको सीमावर्ती क्षेत्र कृष्णनगरको राजनीति मात्र नभएर मानवीय क्षेत्रमा विभिन्न योगदान गर्दै आउनुभएका एमाले नेता तथा समाजसेवी कुनाल प्रताप शाह जनतामाझ लोकप्रिय हुँदै जानुभएको छ । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा नेपाल भारत सिमामा रहेको कृष्णनगर नगरपालिका र जिल्लाको निर्वाचन क्षेत्र नं ३ मा पछिल्लो समय युवा राजनीतिज्ञका रुपमा चर्चामा आउनुभएका एमाले नेता कुनाल प्रताप शाह कपिलवस्तुका सम्पुर्ण पालिकाहरुमा एमालेलाई बलियो रुपमा स्थापित गराउने लक्ष्यमा हुनुहुन्छ ।

समाजसेवी शाह नेकपा एमालेमा प्रवेश भएपछि कपिलवस्तुको राजनीतिमा नै हलचल आएको छ । पार्टीका अध्यक्ष केपि शर्मा अ‍ोली सरकारको नेतृत्वमा रहेका बेला ऐतिहासिक कामका कारण एमाले जनतामाझ झन् लोकप्रिय हुँदै गएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “योजनावद्ध दृष्टिकोण सहितको विकासको तीब्र आकांक्षा र त्यस आकांक्षालाई व्यवहारमा परिणत गर्ने हाम्रो प्रतिवद्धता र तदनुसारको क्रियाकलापले पार्टी झन् बढी लोकप्रिय हुँदै अगाडि बढिरहेको छ ।” शाह परिवारमा जन्मिएका उहाँ युवा राजनीतिज्ञ संगै युवा व्यवसायी पनि हुनुहुन्छ ।

कपिलवस्तुको दक्षिण–पश्चिम क्षेत्रमा रहेको कृष्णनगर नगरपालिका बिकासका दृष्टिकोणले केहि पछाडि परेको समयमा यस क्षेत्रका समग्र विकासका लागि आफ्नो नेतृत्व अपरिहार्य रहेको शाहले दाबि गर्नुभएको छ ।

नगरपालिकामा प्रत्येक बर्ष हुने बेरुजु, ब्यक्तिबाद हावी हुनु र नेतृत्व गरेका जनप्रतिनिधिले राम्रो नेतृत्व दिन नसक्दा कृष्णनगर नगरपालिका पछि परेको उहाँले बताउनुभयो । २०७४ सालको स्थानीय चुनावमा जनताद्वारा चुनिएका जनप्रतिनिधि हरुमा ब्यक्तिवाद हावी हुनु र कर्मचारीहरुको लापरबाहीले नगरमा जनताका लागि कुनै योजना कार्यान्वयन हुन सकेका छैनन् ।

५ बर्ष स्थानीय नेताले नेतृत्व गर्दा नगरमा सोचेअनुरुपको बिकास निर्माण हुन सकेको छैन । ५ वर्ष पछि हुन लागेको स्थानीय निर्वाचन २०७९ बैशाख ३० मा नेकपा एमाले बाट कुनाल प्रताप शाहको संभावना निकै बलियो देखिएको छ । पार्टीलाई बैचारीक बहस र जनताको मर्म अनुसार अगाडि बढ्ने दृढतका साथ आफु अगाडि बढिरहेकाले समृद्ध समाजका लागि आफ्नो नेतृत्व आवश्यक रहेको एमाले नेता शाह बताउनुहुन्छ ।

स्थानीय जनता संग प्रत्यक्ष रुपमा सम्पर्कमा रहेको र जनताको सुखःदुख मा सहयोग गरेका कारण पनि जनतामाझ लोकप्रिय कुनाल प्रताप शाहले बैशाख ३० मा हुन लागेको स्थानीय निर्वाचनमा कृष्णनगर नगरपालिकाको मेयर पदमा उम्मेदवारी रहने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation