भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

के राप्रपाको पक्षमा साँच्चै जनमत बढेको हो ?

काठमाडौँ ।
करिब एक महिनापछि स्थानीय तहको निर्वाचन सम्पन्न हुँदैछ । त्यसलगत्तै संघ र प्रदेश प्रतिनिधिसभाको निर्वाचन हुनेछ ।
यस पटक निर्वाचनमा राप्रपाको पक्षमा जनमत बढेको चर्चा भइरहेको छ । राप्रपाले पनि अघिल्लो निर्वाचनको तुलनामा यस पटक तीन गुणा बढि सिट संख्यामा विजयीको झण्डमा फहराउने दावी गर्दै आइरहेको छ । निर्वाचन अघि हरेक दलले आफ्नो पक्षमा जनमत रहेको दावी गर्नु स्वभाविक हो ।

तर राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाको पक्षमा चुनावी जनमत बढ्दै गएको सुचना प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत पुगेको छ ।

राज्यको गुप्तचर निकायहरुले राप्रपाको पक्षमा चुनावी जनमत देखिएको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुर्याएका छन् । नियमित पेश हुने ब्रिफिङ प्रतिवेदन’ मा हरेक राजनीतिक दलको गतिविधिलाई मशिनोगरि बिश्लेषण गरिएको छ ।

पछिल्लो एक हप्ताको अनुसन्धानको रिर्पोटमा राप्रपाले चुनावी अभियानलाई ब्यापक बनाएको, अन्य दल त्यागेर राप्रपा प्रवेश गर्ने संख्यामा बृद्धि भएको र राप्रपाले आयोजना गर्ने आमसभाहरुमा जनसहभागीता उल्लेख्य रहेको उल्लेख छ ।

राप्रपाले चुनावी अभियानमा पनि नयाँ अनुहारलाई देश दौडाहामा पठाएको छ ।

चुनावी सभाहरुमा लिङ्देन र उनका अन्य नेताहरुले मुख्यगरी ५ वटा एजेण्डा प्रस्तुत गर्दै आएका छन् ।

यि हुन् राप्रपाले चुनावमा उठाइरहेका ५ मुद्धा

१)  अहिले देशको अवस्थामा सामान्य देखिएपनि आर्थिक् र सामाजिक रुपमा देश खोक्रो हुन थालेको छ ।

२)  वर्तमान गठबन्धन सरकारले थप बेरोजगारी सृजना गरिरहेको छ ।

३)  चुनावमा जनताले सही निर्णय गर्न नसक्दा नै देशको यो हालत भएको हो ।

४)  गलत व्यक्तिको हातमा देश पुग्दा देश डुब्नै लागिसक्यो ।

५) आगामी निर्वाचनमा मतको सही सदुपयोग गरेर देश बचाउन मतदातासँग आग्रह

एकै दिन ८ सय जना राप्रपा प्रवेश

गुप्तचर रिर्पोटमा चैत्र २२ गते एउटै कार्यक्रमबाट राप्रपामा ८ सय जना विभिन्न दलका कार्यकर्ताहरु राप्रपा प्रवेश गरेको उल्लेख छ ।

रिर्पोटअनुसार मोरङको विराटनगर महानगरपालिका वडा नं ९ स्थित महेन्द्रचोकमा राजेन्द्र लिङ्देनको प्रमुख अतिथ्यतामा आमसभा आयोजना भएको थियो । सो क्रममा करिब ८ सय अन्य दलका कार्यकर्ताहरु राप्रपा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation