लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

तौलिहवामा एक दिवसीय नेतृत्व विकास तालिम सम्पन्न

कपिलवस्तु ।
कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा कपिलवस्तु नगरपालिका वडा नं।१ को आर्थिक सहयोग र निरा गृहिणी समाजको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ। वडाको निति तथा कार्यक्रम अन्तर्गतको राखिएको कार्यक्रमलाई यस छेत्रमा बसोवास गर्ने र विभिन्न आमा समुहमा आबद्ध हुनुभएका पदाधिकारीहरुलाई एक दिवसीय नेतृत्व विकास तालिम प्रदान गरिएको थियो ।

कार्यक्रमको समुद्घाटन गर्दै वडा सदस्य बिस्नु बारी संस्थाको संस्थागत विकास तथा महिला उध्यमीहरुको व्यक्तित्व तथा नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउनु भयो । तालिममा सहभागी पदाधिकारीहरुलाई स्वागत गर्दै संचालक समितिकी सदस्य सुशिला क्षेत्रीले तालिम एउटा सिकाईको अवसर हो यस्तो सिकाईलाई सार्थक बनाउन यसको निरन्तरता र प्रयोग बाट मात्र सक्षम नेतृत्व विकास हुने बताउनु भयो ।

संस्थाले विभिन्न आमा समुहका ६५ जना पदाधिकारीहरुलाई तालिममा सहभागी गराएको थियो । तालिमको सहजिकरण भाषण कला तालिम केन्द्र काठमाडौका प्रमुख प्रशिक्षक भागिरथ पोखरेलले गर्नु भएको थियो र साथै सम्मान समेत गरिएको थियो । तालिम पश्चात सहभागिहरुले तामिको विषयवस्तु, तालिम सहजिकरण गर्ने तरिका र तालिम व्यवस्थापन उत्कृष्ट रहेको प्रतिकृया व्यक्त गर्दै सिकाईलाई प्रभावकारी कार्यन्वयन गर्ने सहभागिहरुले प्रतिबद्ता जनाउनु भएको थियो। कार्यक्रमको अध्यक्षता निरा गृहिणी समाजकी अध्यक्ष निरा तिमिल्सिनाले गर्नु भएका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation