हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने, के-के गर्न पाइँदैन ?

काठमाडौं – निर्वाचन आयोग आचारसंहिता कार्यान्वयन गर्ने अन्तिम तयारीमा जुटेको छ । निर्वाचनको तयारीबारे बिहीबार सरकारलाई ब्रिफिङ गरेको आयोगले सम्भवतः शुक्रबारको बैठकबाट आचारसंहिता लागू भएको निणर्य र घोषणा गर्नेछ । ‘सम्भवतः आज/भोलि बस्ने आयोगको बैठकले आचारसंहिता लागू हुने निणर्य गर्नेछ’ निर्वाचन आयोग उच्च स्रोतले भन्यो, ‘निर्वाचन शुरु हुन करिब एक महिना बाँकी छ । अब भने आचारसंहिता लागू गर्न ढिलाई गर्नु हुँदैन भन्ने हाम्रो निष्कर्ष हो ।’

निर्वाचन आचारसंहिता लागू भएपछि बन्देजहरु लागू हुने भएकाले प्रमुख दलका शीर्ष नेताहरुले केही दिनयता निर्वाचन केन्द्रित अभियान तीब्र पारेका छन् । निर्वाचन आउन करिव एक महिना मात्रै बाँकी रहेकाले अब पनि आचारसंहिता लागू नगर्ने हो भने राज्यको सुविधा लिने पदाधिकारी र स्रोतसाधन प्रयोग गर्नेहरुका क्रियाकलापले निर्वाचनमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले तत्काल आचारसंहिता कार्यान्वयन गर्ने निष्कर्ष आयोगका पदाधिकारीहरुले निकालेका छन् ।

निर्वाचन आयोगले तयार पारेको र ३ चैत २०७८ मा राजपत्रमा प्रकाशित गरेको निर्वाचन आचारसंहितामा राज्यको पदमा बसेकाहरु, निर्वाचनमा भाग लिने उम्मेद्वारहरु अनि निर्वाचनमा प्रत्यक्ष नजोडिएका तर सरोकारवालाहरुले पालना गर्नुपर्ने नियमको व्यवस्था गरिएको छ ।

आचारसंहिता जारी भएपछि स्थानीय तहका जनप्रतिनिधिले राजिनामा दिनुपर्ने प्रावधान राखिएको थियो, जसलाई सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत रोक लगाएको छ । त्यो आदेशले निरन्तरता पाउने कि नपाउने भन्नेवारे छलफल हुन बाँकी छ ।

आचारसंहितामा निर्वाचन प्रचारप्रसारमा फजुल खर्च गर्न रोक लगाइएको छ भने सामाजिक सञ्जाल प्रयोगमा समेत मापदण्ड निर्धारण गरिएको छ । आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा बैंकबाट मात्रै खर्च गर्नुपर्ने व्यवस्था थपेको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation