हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

थाहा पाइराख्नुहोस् कुन झारपात कुन रोगका लागि हुन्छ उपयोगी

जडिबुटी नेपालको सम्पत्ति हो । हाम्रा पितापुर्खाले यही जडिबुटी अर्थात आफ्नै बारी र भिरपाखाका झारपातबाट दीर्घजीवन प्राप्त गरेका थिए । तर, पछिल्लो पुस्ता यसबाट अनविज्ञ मात्र छैन । यसप्रति पुरै उपेक्षा गरेर अघि बढेको छ । तर, आफैमा सुगन्ध बोकेर सुगन्धको खोजीमा दौडिएको कस्तरीझै भएका हामी आफ्नै परम्परागत विधिमा फर्कनुको विकल्प छैन ।

किनभने हाम्रा बारीका कान्लाहरुमा उम्रने, बढ्ने र हुर्कने हरेक झारपातमा औषधिको महत्व छ । आवश्यक यति मात्र हो कि त्यसको पहिचान र प्रवर्द्धन हुन सकेको छैन । त्यस्तै तपाईकै बारीका कान्लामा रहेका केही झारपातको महत्व यहाँ उल्लेख गरिएको छ।

तुलसी स् ज्वरो, रुघा, खोकी, क्यान्सर आदि रोगमा उपयोगी हुन्छ। निम स् छाला, रगत र दाँतसम्बन्धी रोगमा फाइदाजनक मानिन्छ। बेसार स् क्यान्सर, घाउचोट, रक्त विकार आदिमा प्रयोग गर्न सकिन्छ।

अमला स् आँखा, पेट, शारीरिक कमजोरी एवं केशसम्बन्धी समस्यामा उपयोगी हुन्छ। जामुन स् मधुमेह, दाँत, मुख, घाँटी आदिको समस्यामा प्रयोग गर्दा पर्याप्त फाइदा हुन्छ। अर्जुन स् हृदय तथा हड्डी रोगमा उपयोगी हुन्छ।

अम्बा स् मुखको घाउका साथे घाँटी, दाँत एवं पेटको रोगमा लाभ लिन सकिन्छ। पत्थरचट्टा स् पत्थरी तथा पिसाबसम्बन्धी समस्यामा प्रयोग गर्न सकिन्छ। बेल स् मधुमेह, उच्च रक्तचाप, गर्मी आदि समस्यामा उपयोगी हुन्छ।

अदुवा स् दम, रुघाखोकी, जन्डिस, जोर्नीको पीडा आदिमा प्रयोग गर्नु फाइदाजनक हुन्छ। प्याज स् आँखा, कानका साथे गर्मीको समस्यामा लाभदायक मानिन्छ। घोडताप्रे स् तनाव, अनिन्द्रा एवं मस्तिष्कसम्बन्धी समस्यामा उपयोगी हुन्छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation