वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

पार्टी फेर्दै राजनीतिमा जोडिएका ५ नेपाली कलाकार

काठमाडौं ।
स्थानीय तहको चुनाव नजिकिएसँगै कलाकारहरू पार्टी परिवर्तन गर्ने होडबाजीमा छन्। केहि कलाकारहरू पदकै प्रलोभनमा पार्टी परिवर्तन गरिरहेका छन्। भने केहि कलाकार पार्टीमा प्रवेश गर्न थालेका छन्।

भुवन केसी

अभिनेता भुवन केसी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उठ्ने भएका छन्। २०७० सालमा उनी एमालेमा सक्रिय थिए। उनलाई दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाट टिकट दिने निधो समेत भएको थियो। तर, अन्तिममा उनको नाम हटाइयो।

त्यसपछि, भुवन राजनीतिबाट टाढिए। उनले पार्टी परिवर्तन गर्दै मंगलबार उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका हुन्।

करिश्मा मानन्धर

हालै अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेमा प्रवेश गरेकी छन्। चैत ८ गते सपथ ग्रहण गर्दै उनले कुनै पदको लोभ नभएको बताइन्। साथै उनले पार्टीले दिएको जिम्मेवारीबाट पछाडी नहट्ने बताएकी छन्।

करिश्माले पनि पार्टी फेर्दै एमालेमा प्रवेश गरेकी हुन्। यसअघि उनी बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध थिइन्।

केहि वर्षदेखि उनी राजनीतिबाट टाढिएकी थिइन्। उनले कलाकारिता र राजनीतिक दुनियाँबाट टाढिएर अध्ययनलाई निरन्तरता दिएकी थिइन्।

रेखा थापा

त्यस्तै, पार्टी परिवर्तन गरिरहने अभिनेत्री हुन् रेखा थापा। हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० मा छिन्। गत मंसिरमा भएको पार्टीको महाधिवेशनमा उनी महामन्त्रीको उम्मेदवार पनि बनेकी थिइन्। तर, पराजित भइन्।

रेखाको राजनीतिक यात्रा माओवादी केन्द्रबाट सुरू भएको थियो। २०७० सालमा उनले माओवादी केन्द्र प्रवेश गरेकी थिइन्।

उनलाई सरुवातमै पर्साको क्षेत्र नं। १ बाट चुनावमा उम्मेदवार बनाउने चर्चा थियो। उनले पनि चुनावी प्रचारमा आफ्नो समय खर्चिएकी थिइन्। तर, मतदाता नामावलीमा उनको नामै थिएन। उनले आफ्नै कारणले चुनाव लड्न नपाएको बताएकी थिइन्।

माओवादीसँग तीन वर्षको सहकार्य तोड्दै उनले २०७३ मंसिर २७ मा तत्कालीन राप्रपा प्रवेश गरिन्।

कोमल वली

‘पोइला जान पाउँ’ बोलको गीतबाट चर्चामा आएकी गायिका कोमल वली एमालेमा आवद्ध छिन्। उनले पनि पार्टी परिवर्तन गर्दै एमालेमा प्रवेश गरेकी थिइन्। यसअघि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा संलग्न थिइन्।

उनले रेडियो नेपालको जागिर छाडेर २०७३ सालमा राप्रपा प्रवेश गरेकी थिइन्। तर, उनले एक वर्ष नपुग्दै पार्टी परिवर्तन गरिन्। राप्रपा विभाजन भएसँगै उनी एमाले भइन्।

गायिका वलीलाई २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नं। ३ बाट उम्मेदवार बनाउने एमाले नेताहरूले आश्वासन दिएका थिए। तर, टिकट पाइनन्। त्यसपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। त्यसलाई पछि उनले फिर्ता लिइन्।

२०७४ सालमै उनलाई एमालेले राष्ट्रियसभाका लागि उम्मेदवार बनायो। तत्कालीन प्रदेश नम्बर ५ बाट राष्ट्रिय सभा उम्मेदवार बनेकी उनी राष्ट्रियसभाको सांसद भइन्। केही साताअघि मात्र उनको पदावधि सकिएको छ।

एमालेको १० औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएकी छन्।

नीर शाह

वरिष्ठ कलाकार नीर शाह पनि तत्कालीन एकीकृत माओवादीमा थिए। उनले पनि पार्टी परिवर्तन गर्दै काङग्रेसमा प्रवेश गरेका हुन्। हाल उनलाई काङग्रेसले राष्ट्रिय सभाको सांसद बनाउने तयारी भइरहेको चर्चा छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation