लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

अधिवक्ता गोविन्द बन्दी कानुन मन्त्रीमा नियुक्त, केहीबेरमा शपथ

काठमाण्डौ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले अधिवक्ता गोविन्दप्रसाद शर्मा कोइराला बन्दी लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गैरसांसद बन्दीलाई आज बिहीवार मन्त्रीमा नियुक्तका लागि सिफारिस गर्नुभएको हो ।

गैरसांसद व्यक्तिलाई बढीमा ६ महिनाका लागि मन्त्री बनाउन सकिने संवैधानिक व्यवस्था रहेको छ । मन्त्री नियुक्त भएको जानकारी आएको र उहाँको शपथको तयारी भइरहेको राष्ट्रपति कार्यालयका सञ्चार विज्ञ टीका ढकालले जानकारी दिनुभयो ।

नेकपा एमाले विभाजनपछि बन्दी नेकपा एकीकृत समाजवादी पार्टी निकट हुनुहुन्छ । यसअघि बन्दीले नेकपा ९एकीकृत समाजवादी० पार्टीको केन्द्रीय सदस्य बन्न अस्वीकार गर्नुभएको थियो ।

बन्दी कानुन मन्त्री बन्ने भएपछि दिलेन्द्रप्रसाद बडुलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिने तयारी भएको छ । अमेरिकी सहायता परियोजना एमसीसीबारेको व्याख्यात्मक घोषणा तयार गर्न बन्दीको भूमिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation