दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

सहरी क्षेत्रमा दुर्घटना बढ्दो

नेपालगन्ज ।
बाँकेका सहरी क्षेत्रमा गाडी दुर्घटनामा वृद्धि भएको छ । ट्राफिक नियम पालना नहुँदा दैनिक दुर्घटना भइरहेका छन् । तैपनि नियमन अझै फितलो छ । उल्लंघन गर्नेबाट जरिवाना लिँदा पनि सडक दुर्घटना न्यूनीकरण हुन सकेको छैन ।

सामान्य जरिवानापछि कारबाहीबाट उन्मुक्ति पाउने हुँदा पनि सवारी चालकले तीव्र गतिमा सवारी साधन चलाउँछन् । जसले गर्दा सडक दुर्घटनालाई बढावा दिएको छ । बाँकेमा पछिल्लो साढे नौ महिनाको अवधिमा ५४ जनाले सवारी दुर्घटनामा ज्यान गुमाइसकेका छन् ।

जिल्ला ट्राफिक कार्यालयको तथ्यांकअनुसार सडक दुर्घटनामा यो अवधिमा पाँच जना बालबालिकाले समेत ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि चैत १५ सम्म सडक दुर्घटनामा बालिका एक, बालक चार, महिला १० र पुरुष ३९ गरी ५४ जनाले ज्यान गुमाएका छन् । १ सय १६ वटा ठूला सवारी दुर्घटनामा परेर ५४ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरका प्रमुख ट्राफिक प्रहरी निरीक्षक हिमालय शाहले बताए ।

बाँके ट्राफिकको तथ्यांकअनुसार साउनमा चार, भदौमा पाँच, असोजमा १२, कात्तिकमा तीन, मंसिरमा नौ, पुसमा आठ, माघमा पाँच, फागुन पाँच र चैत १५ सम्म तीन जनाले ज्यान गुमाइसकेका छन् । गत आर्थिक वर्ष २०७७र७८ मा बाँकेमा भएका १ सय ४३ सवारी दुर्घटनामा परेर ७७ जनाको ज्यान गएको थियो ।

त्यसभन्दा अघिल्लो आर्थिक वर्ष २०७६र७७ मा भएका २ सय ८० वटा सडक दुर्घटनामा ७३ जनाले ज्यान गुमाएका थिए । यी दुवै आर्थिक वर्षमा कोरोनाका कारण सवारी साधन कम चलेका थिए । तर, सवारी दुर्घटनाको दर र ज्यान गुमाउनेको संख्या हेर्दा बर्सेनि बढिरहेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation