भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

मानवसेवा आश्रमलाई स्थानीय तहको सहयोग

हेटौंडा ।
मानवसेवा आश्रम हेटौंडालाई मकवानपुरका स्थानीय तहहरुले सहयोग गरेका छन् । मकवानपुरको स्थानीय तहबाट आश्रमलाई १३ लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।

हेटौंडा–९ स्थित मानवसेवा आश्रमलाई मकवानपुरको तीन वटा गाउँपालिकाले ८ लाख रुपैयाँ सहयोग गरेका छन् । यस्तै, हेटौंडा उपमहानगरपालिकाले ५ लाख रुपैयाँ सहयोग गरेको छ । सडक मानवहरुको आश्रय स्थल बनेको आश्रमलाई संचालनमा सहज होस् भन्ने उद्देश्यले गाउँपालिकाले सहयोग गरेको हो ।

आश्रमको लागि मनहरी गाउँपालिकाबाट ५ लाख रुपैयाँ, मकवानपुरगढी गाउँपालिकाबाट २ लाख रुपैयाँ र बकैया गाउँपालिकाबाट १ लाख रुपैयाँ सहयोग प्राप्त भएको मानवसेवा आश्रम मकवानपुरका अभियन्ता होमनाथ पौडेलले जानकारी दिनुभयो । हाल आश्रममा २ सय जना आश्रय लिएका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation