भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

प्रचण्ड : एमालेको अवरोधका कारण नागरिकता विधेयक पारित गर्न सकिएन

काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेको अवरोधका कारण संसदमा नागरिकतासम्बन्धी विधेयक पारित गर्न नसकेको बताएका छन् ।

बिहीबार सिरहामा आयोजित कार्यक्रममा उनले नागरिकता विधेयक संसदमा व्यापक छलफल गरेर पारित गर्नुपर्नेमा एमालेको अवरोधका कारण छलफल र पारित हुन नसकेको बताएका हुन् ।
संसद अवरोध भएपछि अध्यादेश ल्याएरै भए पनि नागरिकताको समस्या समधान गर्न खोज्दा अदालतले नागरिकतासम्न्धी अध्यादेश ल्याउन रोक लगाएको प्रचण्डले बताए ।

‘अदालतले नागरिकता दिनुपर्छ तर गम्भीर गम्भीर संवेदनशील विषय सदनमा छलफल गरेर प्रतिनिधिसभाबाट पारित गरेर समस्या गर्नुपर्छ भनेकाले अध्यादेश ल्याउन नपाइने रहेछ’ उनले भने ।

प्रचण्डले अघि भने, ‘त्यसो भए सदनमा लैजाऔं सदनबाटै पारित गरौं भन्ने प्रस्ताव राख्यौं, सदन कसले रोक्या छ त्यही एमाले र केपी ओली गुटले ।’

उनले अब भने संसद अधिवेशन सुरु भएपछि एमालेको अवरोधकै बीच पनि नागरिकता विधेयक पारित गर्ने बताए । ‘सदन अवरोध भए पनि बजेट र एमसीसी पारित गर्‍यौं, अब सदन खुल्नेवित्तिकै एमालेको अवरोध गरे पनि नागरिकता विधेयक पारित गरिन्छ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation