हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

धुर्कोट गाउँपालिकामा मेगा बैंकको शाखा रहित बैंकिङ्ग सेवा विस्तार

गुल्मी ।
मेगा बैंक नेपाल लिमिटेडले गुल्मी जिल्लाको धुर्कोट गाउँपालिकामा शाखा रहित बैंकिङ्ग सेवाको शुरुवात गरेको छ । ग्रामीण क्षेत्रका वासिन्दाहरुलाई बैकिङ्ग पहुँच विस्तार गर्ने उद्धेश्यले धुर्कोट गाउँपालिकाको वडानम्बर–३ हाडहाडेमा शाखा रहित सेवाको विस्तार गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले बताए ।

शाखा रहित बैंकिङ्ग सेवाको एक कार्यक्रमका बीच धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेल र मेगा बैंक तम्घास शाखा प्रमुख कालिदास पाण्डेले उद्धघाटन गरेका हुन् । सेवाको शुभारम्भ गर्दै अध्यक्ष पोखरेलले ग्रामीण भेगका जनताको सेवाको निम्ति बैंक आएको बताए । उनले यसक्षेत्रका नागरिकलाई बैंकिङ्ग सेवाको निम्ति सदरमुकाम धाउनु पर्ने बाध्यतालाई अत्य गर्न सेवा बिस्तार भएको बताए ।

उनले प्रत्येक नागरिकले एक सय रुपैयाँ कमाउदा एक रुपैयाँ बचत गर्नुपर्ने बानीको विकास गर्न आग्रह गरे । ग्रामीण क्षेत्रका नागरिकलाई बैकिङ्ग सेवामा पहुच प्रदान गर्नको लागि शाखा रहित बैंकिङ्ग सेवा शुरुवात गरिएको मेगा बैंक तम्घास शाखा प्रमुख पाण्डेले बताए । शाखा रहित सेवा बिस्तारमा बिभिन्न व्यक्तित्वहरु, बैंकका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation