भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

भारतको यूपीमा सांसदको अवैध पेट्रोल पम्पमा योगीले चलाए डोजर

लखनऊ ।
भारतको उत्तर प्रदेश राज्यमा दोस्रोपटक सत्तामा आएका योगी आदित्यनाथले अवैध रुपमा बनेका भवन र सार्वजनिक जग्गामा बनेका संरचना भत्काउने अभियानलाई तिव्रता दिएका छन्।

उनले वहालवाला सांसद र मन्त्रीले नै अवैध रुपमा बनाएका संरचना पनि भत्काउन लगाएका छन्। जसका कारण उनलाई राज्यमा ‘बाबा बुलडोजर’का नामले पनि चिनिन थालिएको छ।

यसैक्रममा बिहीबार यूपीको बरेलीमा एक सांसदको अवैध पेट्रोल पम्पमा योगीले डोजर लगाएर भत्काएका छन्। बरेलीमा समाजवादी पार्टीका विधायक शहजिल इस्लामको पेट्रोल पम्पमा प्रशासनबाट डोजर लगाएर संरचना ध्वस्त पारेका हुन्।

समाचार एजेन्सी एएनआईका अनुसार पेट्रोल पम्प अवैध तरिकाले नक्सा पास नगरी बनाइएको थियो। बुधबार बरेलीमै बसपा नेता तथा ब्लक प्रमुख योगेश पटेलको म्यारिज हल अवैध भन्दै डोजर चलाइएको थियो।

बरेली विकास प्राधिकरणका नयाँ उपाध्यक्ष जोगेन्द्र सिंह आएसँगै यस क्षेत्रमा अवैध निर्माणमाथि कारवाहीलाई तीव्रता दिइएको छ। वक्यौता असुली तथा सरकारी जमिनमा भएको कब्जा हटाउने अभियान जारी छ।

पेट्रोल पम्प भत्काइएका सांसद इस्लामले केही दिनअघि मुख्यमन्त्री आदित्यनाथविरुद्ध बोलेका थिए। उनले भनेका थिए, ‘अब एक मजबुत विपक्ष यूपीमा छ। यदि सदनका नेता आदित्यनाथको मुखबाट एउटा पनि आवाज निस्कियो भने हाम्रो बन्दुकबाट धुवा होइन गोली निस्कनेछ।’ यो वयान यूपीमा निकै विवादित बनेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation