दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

गैरसांसद बन्दी मन्त्री हुनुका ५ कारण

काठमाडौं ।
२०७० सालको संविधानसभा चुनावमा दैलेखबाट सांसद बन्न चाहेका गोबिन्द बन्दी निकै समय उतै बसे । दैलेखको नारायण नगरपालिका कुईकानका स्थायी बासिन्दा बन्दीलाई त्यतिखेर नेकपा एमालेले पाँच जना उम्मेदवार सिफारिस गर्दा पाँचौ नम्बरमा नै राखेपछि दुईवटा क्षेत्रमात्रै भएको दैलेखबाट उनले सांसदको टिकट पाउन सकेनन् ।

त्यसपछि राजनीतिक गतिविधिबाट टाढै रहेका बन्दीको भूमिका बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी भएको विषय सार्वजनिक भएपछि एकाएक बढ्यो । उक्त प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिन जान नपर्ने माहोल मिलाउनका लागि बन्दीले खेलेको भूमिकाको गुन नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालले यसपालि तिरेका हुन् ।

नेपालको संविधानले सामान्यतया सांसद मात्र मन्त्री हुने व्यवस्था परिकल्पना गरेको छ । तर धारा ७८ मा गैर सांसदलाई पनि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ । तर यसरी नियुक्त भएका मन्त्रीले सपथ लिएको ६ महिनाभित्र संघीय संसदको सदस्यता लिनुपर्छ ।

मन्त्री बन्दी संघीय संसदको सदस्य बन्ने एउटा बाटो भने खुला नै छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यको एक पद रिक्त छ । यदि सरकारले उनलाई राष्ट्रियसभाा सदस्य मनोनित गरेमा उनी ६ महिनापछि पदमुक्त हुनुपर्ने अवस्था आउने छैन ।

यद्यपि प्रधानमन्त्री देउवासँग बन्दीलाई राष्ट्रियसभा सदस्यमा मनोनित गरेपछि मात्र मन्त्री नियुक्त गर्ने विकल्प थियो । तर उनले त्यो बाटो नरोज्दा संविधानको व्यवस्था दुरुपयोग गरेको देखिएको संविधानका जानकारहरु बताउँछन् । वरिष्ठ अधिवक्ता रामनारायण बिडारीले गठबन्धन सरकार पनि पूर्ववर्ती केपी ओली सरकारकै बाटोमा गएको टिप्पणी गरे ।

‘यो अपवादको कुरा हो । राज्यलाई आवश्यक पर्‍यो भने गर्न सक्ने कुरा हो । सामान्यतया, सहज अवस्थामा यस्तो गर्नु उपयुक्त होइन । सांसदहरु नै मन्त्री बन्नुपर्ने हो । कुनै बेला अप्ठ्यारो पर्यो, त्यो भन्दा बाहेक अर्को हुन सकेन भने गैर सांसदलाई मन्त्री बनाउने हो,’ बिडारीले अनलाइनखबरसँग भने, ‘यो प्रचलन बेठीक हो । जे ओलीजीले गर्नुभयो, त्यही यो सरकारले नगरेको भए हुन्थ्यो भन्ने लागेको छ ।’

बन्दी मन्त्री नियुक्त हुँदासम्म कानुन न्याय तथा संसदीय मामिलामन्त्री नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले सम्हालिरहेका थिए । बन्दी मन्त्री नियुक्त भएपछि बडु उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सारिएका छन् ।

‘बालुवाटार जग्गा प्रकरणमा अख्तियारमा माधव नेपाललाई बयान दिन जान नपर्ने माहौल बनाउन बन्दीको भूमिका थियो, माधव कमरेड उहाँको यो गुन कुनै न बेला तिर्न चाहनुहुन्थ्यो अहिले उपयुक्त मौका पर्‍यो ।’
२०४३ सालमा एमालेको विद्यार्थी संगठन अनेस्ववियुबाट महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जमा स्ववियु सभापति भएका बन्दी त्यसपछि भने सक्रिय राजनीति छोडेर वकालतमा लागेका थिए ।

अन्तर्राष्ट्रिय कानुन र संक्रमणकालीन न्यायका विषयमा दख्खल राख्ने बन्दी पछिल्लोपटक माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीसँग नजिक थिए । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि विघटनको विपक्षमा वकालत गरेका बन्दी त्यसबेला पनि मन्त्री बन्ने चर्चा चलेको थियो । तर त्यतिबेला नेकपा एकीकृत समाजवादीभित्र गैरसांसदलाई मन्त्री बनाउन नहुने भन्दै विरोध भएपछि अध्यक्ष नेपाल पछि हटेका थिए । योसँगै बन्दी मन्त्री बन्ने विषय पनि सेलाएको थियो ।

अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेञ्ज कम्प्याक्ट ९एमसीसी० संसदबाट अनुमोदन गराउन ब्याख्यात्मक घोषणा लेख्ने विषयमा उनले तत्कालीन गठबन्धन र सरकारलाई सहयोग गरेका थिए । नेताहरुका अनुसार, एमसीसी सम्झौता संशोधन नभएसम्म अनुमोदन गर्न नसकिने एकीकृत समाजवादी पार्टीको निर्णय परिमार्जन गरेर ब्याख्यात्मक घोषणासहित अनुमोदन गर्ने निर्णयमा अध्यक्ष नेपाललाई पुर्‍याउन बन्दीले गरेको ‘कन्भिन्स‘ले भूमिका खेलेको थियो ।

एमसीसीको विषयमा हुने गठबन्धन दलका हरेकजसो छलफलमा बन्दी समेत सहभागी भएका थिए । एमसीसी अनुमोदनलाई सहज पारेर गठबन्धन जोगाउन भूमिका खेलेकाले अहिले उनलाई मन्त्री बनाइएको गठबन्धनकै नेताहरु पनि बताउँछन् । नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार बन्दी सत्ता गठबन्धनका साझा मन्त्री हुन् ।

‘गठबन्धनका सबै दलको साझा व्यक्तिका रुपमा उहाँ मन्त्री बन्नुभएको हो । त्यसैले उहाँलाई मन्त्री बनाउने निर्णय हाम्रो मात्रै होइन,’ खतिवडाले भने, ‘गठबन्धनको मन्त्री भएकाले उहाँ साझा हो भनेर सम्झिनपर्‍यो ।’

अहिले प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका २३ सांसद छन् । सरकारमा राज्यमन्त्री सहित ५ जना मन्त्री छन् । समाजवादीभित्रै मन्त्री हुन योग्य अरु पनि नेताहरु छन् भन्दै प्रश्न उठ्दै आएको पनि छ ।

तर बन्दी नै मन्त्रीको हुनुको कारण अध्यक्ष नेपालसँग उनको पारिवारिक सम्बन्धले पनि भूमिका खेलेको छ भनिन्छ । बन्दी नेपालका सम्धी समेत रहेका सांसद सोमप्रसाद पाण्डेका साढुभाई हुन् । यस हिसाबले उनको पनि माधव नेपालसँग नाता जोडिएको छ ।

‘खासगरि बालुवाटार केसमा उहाँले माधव कमरेडलाई जोगाउने सन्दर्भमा धेरै काम गर्नुभएको थियो । अख्तियारमा माधव नेपाललाई बयान दिन जान नपर्ने माहौल बनाउनका लागि महाभारत गर्नुपर्यो । त्यो सबै मिलाउने काम चाहिँ बन्दीले गर्नुभएको हो, ’ बन्दी निकट स्रोतले भन्यो, ‘माधव कमरेड उहाँको यो गुन कुनै न बेला तिर्न चाहनुहुन्थ्यो अहिले उपयुक्त मौका पर्‍यो ।’

बन्दीलाई मन्त्री बनाउनुमा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउने सत्तारुढ दलको चाहना पनि भएको जानकारहरु बताउँछन् । प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन विषयलाई छिट्टै किनारा लगाउन चाहेको बताइरहेका छन् ।

तर माओवादी अध्यक्ष प्रचण्डले यसअघि सत्य निरुपण तथा मेलमिलाप आयोगको अध्यक्षमा बन्दीलाई नियुक्त गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्ताव स्वीकार गरेका थिएनन् । त्यसबेला द्वन्द्वकालीन मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न बन्दीको हात रहेको बुझाइ प्रचण्डको थियो ।

संविधानविद विपिन अधिकारी संविधानअनुसार नै ६ महिनाका लागि मन्त्री नियुक्त गर्न सकिने भएपनि किन नियुक्त गरियो भन्ने कारण चाहिँ खुल्नुपर्ने बताउँछन् ।

‘व्यक्तिगत रुपमा बन्दीजी सक्षम र जिम्मेवार हुुनुहुन्छ,’ अधिकारीले भने, ‘संसद र सरकारको आँचोखाँचो पूरा गर्नका लागि विशेष परिस्थितितिको माग अनुसार यसरी मन्त्री नियुक्त गरिन्छ ।‘उहाँजत्तिको विज्ञ व्यक्तिलाई ल्याउनुको व्यावसायिक कारण पछि स्पष्ट होला ।’

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation