हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

अर्घामा माओवादीका ७६ जनाको वाई.सी.एल वार्ड कमिटी गठन

अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका वडा नं ९ मा ने।क।पा माओवादी केन्द्र को चुनावी भेला सम्पन्न भएको छ । आज ने।क।पा माओवादी केन्द्र सन्धिखर्क नगरपालिका वडा नं ९ द्वारा आयोजित अर्घा मैदानमा भेला तथा वाई।सि।एल नेपालको वडा कमिटि गठन गर्ने क्रममा ३०० जनाको उपस्थिति रहेको थियो । भेलाले नारायण वि।क संयोजक र अन्य सदस्यहरु गरि ७६ सदस्यीय वाई।सि।एल वडा कमिटि गठन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज शुसिला सिर्पाली ठकुरीले आफ्नै सरकार ढालेर संविधान माथि कु गर्ने केपि वलि पतनको बाटो राजेका छन भने उनैको पार्टिमा प्रवेश गर्ने टोप वहादुर रायमाझीले पनि गलत बाटो रोजेको हुदा अवको चुनावमा अर्घाखाँचीवाट चुनाव हार्ने निश्चित भएको पनि बताउनु बताएकि थिईन। साथै माओवादीले लिएको परिवर्तनका कारण आजका दिनहरुमा महिला तथा दलित समुदायहरुले आफ्ना हक अधिकारहरु खोज्न सक्ने भएको समेत बताएकि थिईन ।

कार्यक्रममा विशिष्ट अतिथि केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज ठाकुर कुमार वि।क, अतिथिहरु प्रदेश कमिटि सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल, प्रदेश कमिटि सदस्य कमला भण्डारी भुसाल,प्रदेश कमिटि सदस्य देवि वहादुर रायमाझी, प्रदेश कमिटि सदस्य शारदा खनाल वि।क, वाई।सि।एल केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज एवं पार्टी प्रदेश कमिटि सदस्य कृष्ण शारु, सन्धिखर्क नगर कमिटि अध्यक्ष कृष्णहरि भुसाल, सह सचिव काजीमान रायमाझी, नगर कमिटि सदस्यहरु, वडा कमिटि सदस्यहरु लगायतको उपस्थिति तथा वडा कमिटि अध्यक्ष बेदुराम भुसाल को अध्यक्षता र वडा कमिटि सचिव बसन्त कुमार वि।क को संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation