हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

लैगिंक समानता कायम गर्ने ऐन , नीती र कार्यक्रम तर्जुमा गर्न सुझाव

सुनिल आचार्य कपिलवस्तु। सामाजिक न्याय र लौगिंक समानता दिगो बिकासको सुनिश्चितताका लागि योजना बनाएर काम गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन् । त्यसका लागि स्थानियतहले लैंिगक हिंसा न्यूनिकरण देखि लैगिंक समानता कायम गर्ने ऐन , नीती र कार्यक्रम तर्जुमा गर्न उनिहरुले सुझाव दिए । अन्य सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत लैंगिक समानताको सवाललाई मुख्य सवालका रुपमा लिन र काम गर्र्न सरोकारवालाहरुले जोड दिए ।
११२ औं महिला दिवसको अवसरमा बुधबार कपिलवस्तु नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा सहभागि सरोकारवालाहरुले यस्तो बताएका हुन् । कार्यक्रममा उठेका सवालहरुको संबोधन गर्दै स्थानियतह , प्रशासन , ओसिएमसी र सुरक्षा निकायले नागरिकहरुका समस्याहरु समाधान गर्न प्रभावकारी भुमिका खेल्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमका प्रमुख अतिथी लुम्बिनी प्रदेश सभा सदस्य माला गोतामेले लैंिगक हिंसा न्यूनिकरण गर्न तिन तहको सरकार एक हुनुपर्ने बताउनु भयो । महिला हिंसा महिलाको मात्र घटना नभएर मानव अधिकार उल्लंघन भएको बताउँदै यसलाई न्यूनिकरण गर्न तिनतहको सरकारले निती तथा कार्यक्रम बनाएर योजना बद्धरुपमा लाग्नुपर्ने बताउनु भयो ।
यस्तै जिल्ला समन्वय समितीका प्रमुख नारायण प्रसाद खनालले लैगिंक हिंसा न्यूनिकरण गर्न स्थानिय सरकारको अहम भूमिका रहेको बताउनु भयो । संमृद्ध समाज निर्माण गर्न शिक्षाको आबश्यकता छ समाज शिक्षित भयो भने समाज संमृद्ध हुने र समाजमा हुने बिभिन्न लैंगिंक हिंसालाई न्यूनिकरण गर्न सकिने बताउनु भयो ।
कार्यक्रममा समाजिक न्याय र लैगिंक समानता दिगो बिकासको सुनिश्चितताको अवस्थाको अन्तरक्रिया कायर्यक्रममा बोल्दै कपिलवस्तु नगरपालिकाका उपप्रमुख लक्ष्मी गुप्ता सावले स्थानिय सरकारले लैगिंक हिंसा निवारणका लागि आबश्यक निती बनाएर कार्य गर्ने बताउनु भयो ।
यस्तै बुद्धभुमि नगरपालिकाका उपप्रमुख मिरा चौधरीले किशोर किशोरीहरुले गर्ने भागि बिवाहलाई रोक्न बिभिन्न संघ संस्थाहरुले किशोर किशोरीहरुका लागि परामर्श कार्यक्रम संचालन गर्नुपर्ने बताउनु भयो ।
कार्यक्रममा शिवराज नगरपालिकका उपप्रमुख शिव कुमारी चौधरीले बाल बिवाह लगाएतका लैगिंक हिंसा न्यूनिकरण गर्न स्थानियतहको नितीले मात्र नहुने भएको हुँदा अभिभावकहरुको समेत साथ सहयोग हुनुपर्ने बताउनु भयो । उँहाले बाल बिवाह, घरेलु , हिंसा , यातना लगाएतलाई न्यायीक समिती मार्फत निरुपण गर्ने र कार्यक्रम मार्फत जनचेतना फैलाउने काम गरेको बताउनु भयो ।
यसैगरी प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले संबिधान र ऐनले दिएका अधिकारहरु कार्यान्वयनमा लैजान स्थानिय सरकारहरुले सहजीकरण गर्नुपर्ने बताउनु भयो । उहाँले सिमापारी हुने बिवाह , हाडनाता करणीबाट जन्मने सन्तान र बाबुको पहिचान नभएका सन्तानलाई नागरिकता डिलाउन समस्या भए पनि आफूले सक्दो सहयोग गरिरहेको बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख दान बहादुर कार्कीले महिला र बालबालिकाहरुलाई सहज रुपमा न्यायीक प्रक्रियामा लैजान घटना अनुसंन्धान देखि थुनुवाकक्ष सम्म सुधार गरेको बताउनु भयो । साथै प्रहरी प्रमुख कार्कीले पीडितहरुलाई सहज हुने तरिकाले कार्यहरु गर्दै आएको बताउनु भयो ।
यस्तै कपिलवस्तु अस्पतालका डाक्टर गणेश क्षेत्रीले अस्पतालमा आधारित एकद्वार संकट ब्यबस्थापन केन्द्र र त्यसको सेवाका बारेमा जानकारी दिनु भयो । उहाँले त्याहाबाट हुने सबै सेवा निशुल्क र गोप्य रहने जानकारी समेत दिनु भयो ।
यस्तै सिद्धार्थ सामाजिक बिकास केन्द्रका उपाध्यक्ष त्रिलोचन घिमिरे , संचारिका समुहका जिल्ला शाखा अध्यक्ष तथा इन्सेक प्रतिनिधी पार्वती आचार्य लगाएतले आ आफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा माहुरी होमका कार्यक्रम निर्देशक लक्ष्मी श्रेष्ठले जिल्लाका दश स्थानियतहमा रहेको सामाजिक न्याय , लैगिंक समानता र दिगो बिकासको अवस्था बारे प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा दुई दर्जन बढी सहभागिहरुले सरोकारवालाहरुलाई प्रश्न गरेका थिए । समूह छलफल कार्यक्रमको सहजीकरण अम्रिता अनमोलले गर्नु भएको थियो ।
कार्यक्रम जिल्ला समन्वय समितीका उपप्रमुख तारावती चौधरीको अध्यक्षतामा मानव अधिकार निगरानी समूहका जिल्ला संयोजक पुष्पा रेग्मीको स्वागत मन्तब्य तथा कमला शुक्लाको संचालनमा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समितीका समन्वय अधिकारी भूमिराम पोख्रेल , युएनएफपीएका कार्यक्रम संयोजक चित्र महतो , कपिलवस्तु नगरपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख सरोजा चौधरी , गैसस महासंघ , बिभिन्न संघ संस्थाका प्रतिनिधीहरु ,मानव अधिकाकर्मीहरु , किशोरी संजालका प्रतिनिधीहरु , सुरक्षाकर्मी , संचारकर्मी लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम जिल्ला समन्वय समिती र कपिलवस्तु नगरपालिकाको आयोजनामा गैसस महासंघ कपिलवस्तु , माहुरी होम कपिलवस्तु , इन्सेक , युएनएफपीए , सिद्धार्थ सामाजिक बिकास केन्द्र , सुआहारा , किड्स , संचारिका समूह , मायादेबी बहुउद्देश्यीय महिला सहकारी संस्था , नेपाल पत्रकार महासंघ , शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल कपिलवस्तु लगाएतका संस्थाहरुको सहकार्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation