


काठमाडौं ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयको वैदैशिक अध्ययन अनुमतिपत्र शाखाले अहिले दैनिक ७ सयभन्दा बढीले वैदेशिक अध्ययन अनुमतिपत्र ९एनओसी० लिने गरेको जनाएको छ। अध्ययन अनुमतिपत्र शाखाका उपसचिव हरिप्रसाद निरौलाले दैनिक ७ सय देखि ८ सय जनाले अनुमतिपत्र लिने गरेको जानकारी दिए।
कोभिड(१९ संक्रमण जोखिम घटेपछि अनुमतिपत्र लिनेको संख्या बढेको उनको भनाइ छ। ‘केही दिन अघिसम्म दैनिक ११ सयदेखि १२ सय जनासम्मले अनुमतिपत्र लिएका थिए, अहिले भने अलिक कम भए पनि चाप भने घटेको छैन,’ उनले भने।
उनका अनुसार सन् २०२२ जनवरीदेखि मार्चसम्म उच्च शिक्षा अध्ययनका लागि ३५ हजार बढीले अध्ययन अनुमतिपत्र लगेका छन्। उनले भने, ‘अहिले विद्यार्थीको रोजाइमा बढी अष्ट्रेलिया रहेको छ, त्यसपछि जापान, क्यानडालगायत देशमा अध्ययन गर्न जान अनुमतिपत्र लिएका छन्।’