हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

यशोधराका प्रमुख पाण्डेयद्वारा सरकारी गाडी फिर्ता

कपिलवस्तु ।
निर्वाचन आचारसंहिता लागु हुन पूर्व नै कपिलवस्तु पालिका प्रमुखहरुले आफूले चढदै आएको सरकारी गाडी फिर्ता गर्न थालेका छन्। यसै क्रममा यशोधरा गाउँपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयले आफूले प्रयोग गर्दै आएको स्कॉर्पियो गाडी फिर्ता गरेका हुन्।

आज दिउँसो यशोधरा गाउँपालिकाका प्रमुख तथा निर्वाचन क्षेत्र नम्बर २ ख को कांग्रेस क्षेत्रीय अध्यक्ष गिरिजेश कुमार पाण्डेयले सेता नम्बर प्लेटका लु १ झ ३८६ नम्बरको गाडीको फिर्ता गरेका हुन्।

उनले गाडीको चावी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजबहादुर सिंहलाई हस्तान्तरण गरेका हुन्। निर्वाचन घोषणा भएको र आचरसंहिता पनि लागु हुन केहीदिन मात्र बाँकी छँदै आफूले निर्वाचन स्वच्छ र मर्यादित बनाउन गाडी फिर्ता गरेका प्रमुख पाण्डेयले बताए।

निर्वाचनका बेला सरकारी गाडीलाई दुरुपयोग हुनबाट बचाउँन आफूले यस्तो कदम चालेको उनले बताए। पार्टीले टिकट दिए फेरी चुनाव लड्ने सोच बनाएका उनले अब आफूले निजी सवारी साधान प्रयोग गर्ने बताए।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation