दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

कपिलवस्तु मदिरा व्यावसायी संघको सातौं साधारण सभा सम्पन्न

कपिलवस्तु ।
कपिलवस्तु मदिरा व्यावसायी संघको सातौं साधारण सभा सम्पन्न सम्पन्न भएको छ । जिल्लाको शिवराज नगरपालिका वडा ३ खरेन्द्रपुरमा एक कार्यक्रमका विच साधारण सभा सम्पन्न गरिएको जनाइएको छ ।

सभालाई सम्बोधन गर्दै मदिरा व्यावसायी महासंघका केन्द्रिय अध्यक्ष सोनाम शेर्पाले महासंघले मदिरा व्यावसायीका हकहितका लागी काम गरेको बताउंदै आफुले अध्यक्षको कार्यकालमा महासंघका हितका लागी विभिन्न कार्यक्रम सम्पन्न गरेको बताउनु भयो ।

शेर्पाले घरेलु अवैध मदिराको उत्पादन र विक्री वितरणमा नियमन गर्नुपर्ने बताउनु भयो । साथै हाल बढ्दै गएको महगीं कम गर्न आयकर छुटको सिमा समयअनुकुल परिर्माजन गर्नुपर्ने बताउनु भयो । उहाले व्यावसाय संचालन गर्नुपुर्व कर शिक्षा सम्वन्धी जानकारी हुनुपर्ने बताउनु भयो । व्यासाय फस्टाउनका लागी अनाधिकृत प्रतिस्पर्धा गर्न नहुने बताउदै व्यावसायीहरुले आफ्नो खाता, विल, विजक तथा लेखा प्रणालीको सही व्यावस्थापन गर्न अनुरोध गर्नु भयो ।

यसै विच कार्यक्रमलाई सम्बोेधन गर्दै आन्तरिक राजस्व कार्यालय कृष्णनगरका प्रमुख दिनेश पाण्डेयले राज्यले व्यावसायीहरुलाई इजाजत पत्र दिएर वैध कारोवार गर्न दिएकाले राज्यले मदिरा व्यावसायीलाई सम्मान गरेन भन्ने विषयमा आफु सहमत नभएको बताउदै
लामो समयदेखी मदिरा व्यावसाय गर्दै आएका व्यावसायीलाई राज्यले आर्थिक ऐनमै व्यावस्था गरेर नियमित कार्य सम्पान गरेकालाई जरिवाना छुट गरेको बताउनु भयो ।

कार्यक्रममा उद्योग बाणिज्य महासंघको तर्फ बाट व्यावसायीले भोग्नु परेका समस्या समाधानका विषयमा कुरा उठाएको उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा चन्द्रौटा उद्योग वाणिज्य संघका अध्यक्ष जमसेर अलि मियाले बताउनु भयो ।कोरोनाको कारणले थलिएको मदिरा व्यवसायिको समस्या सम्बोधनको लागि आफुले महासंघमा आवाज उठाएको बताउनु भयो ।

व्यावसायमा हुने समस्याहरुहरुकालागी संगठितरुपमा लागी पर्न आग्रह गर्दै सम्पुर्ण व्यावसाय अंगाल्नुभएका व्यावसायीको हक हितका लागी शिवराज नगरपालिका तथा आफुने वडा बाट आफुले हरेक पल सहयोग गरेको वडा नम्वर ३ का वडा अध्यक्ष टेकलाल सापकोटाले बताउनु भयो ।

कार्यक्रममा केन्द्रिय उपाध्यक्ष गोविन्द श्रेष्ठ, पुर्व केन्द्रिय उपाध्यक्ष खिम बहादुर खत्री, लुम्विनी प्रदेश अध्यक्ष गिरीराज पौडेल, मदिरा व्यावसायसंघ कपिलवस्तुका संस्थापक अध्यक्ष घनश्याम पौडेल, व्यापार संघ कपिलवस्तुका अध्यक्ष मावध पोख्रेल लगाएतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा कपिलवस्तु मदिरा व्यावसायी संघ अध्यक्ष शन्देश ले कक्षपतिको अध्यक्षतामा कार्यक्रम सम्मपन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation