


जितपुुर ।
खेरमोर सामुदायिक सहरी स्वास्थ सेवा केन्द्र शितगङ्गा १४ खोरमोरमा एक कार्यक्रमका बिच स्थापना सहित आज उद्घाटन भएको छ। वडा नम्बर १४ स्थिति खोरमोरका जनताहरु आधारभूत आवश्यकता मध्येको महत्त्वपूर्ण मानिने स्वास्थ सेवा बाट बन्चित हुँदै आएका थिए ।
यस्तो अवस्थामा वडा न १४को विशेषगरि खोरमोरका जनताले स्वास्थ सुबिधामा भोगेको समस्या लाई मध्यनजर गरि स्वास्थ सेवा प्रदान लाई सहज बनाउन सामुदायिक स्वास्थ सेवा केन्द्र स्थापना गरिएको १४ का अध्यक्ष दामोदर न्यौपानेले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख सुर्य अधिकारी उप(प्रमुख टीका रेश्मी, वडा सदस्यहरु ,नेपाली काङ्ग्रेस १४ का सभापति धन बहादुर पुन१३ का सभापति तारापती बि सी लगायत विभिन्न पार्टीका प्रतिनिधिहरुको उपस्तिथि रहेको थियो।