


पाल्पा ।
पाल्पाको रानीमहलमा प्रथम सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगितामा सात प्रदेश, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल गरी नौ टिम सहभागी छन् ।
प्रतियोगितामा आज ६ वटा खेल भएका छन् । पहिलो खेलमा सुदूरपश्चिमले कर्णालीलाई २०–४ र २३–२१ को सेटमा हराएको छ । अर्को खेलमा नेपाल पुलिस क्लबले लुम्बिनीलाई २१–९ र २१–११ को सेटमा हरायो ।
यस्तै प्रदेश एकले मधेस प्रदेशलाई २१–७ र २१–१६ को सेटमा, एपीएफले प्रदेश एकलाई १–२१, २१–१६ र ८–१५ को सेटमा, गण्डकीले वाग्मतीलाई र २१–१४ को सेटमा र एपीएफले मधेस प्रदेशलाई २१–५ र २१–८ को सेटमा हराएको छ । प्रतियोगितामा भोलि चार वटा खेल हुनेछन् ।
महिला बिच भलिबलको विजेताले एक लाख रुपैयाँ र उपविजेताले ५० हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगितामा तेस्रो हुनेलाई टाइगर ग्रुप आफ पोखराका अध्यक्ष नारायणप्रसाद शर्माले ३० हजार रुपैयाँ पुरस्कार दिने घोषणा गर्नुभयो ।
खेल आउँदो चैत २६ गतेसम्म चल्नेछ । समुद्री किनारको बालुवामा खेलिने बिच भलिबल पाल्पाको रानीमहलमा रहेको कालीगण्डकी नदी छेउको बालुवामा सञ्चालन गरिएको हो ।