लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

स्टोल्टेनबर्ग : नेटोको अर्को निशाना चीन

काठमाडौं ।
चीनबाट आएको बढ्दो सुरक्षा चुनौतीको प्रतिकारमा एसियामा नेटोले साझेदारहरुसँगको समन्वयलाई थप गहन बनाउने योजना बनाएको छ । रुसले युक्रेनमा गर्दै आएको सैन्य आक्रमणप्रति चीनले आलोचना गर्न अस्वीकार गर्दै आएको नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले बताएका छन् ।

सदस्य राष्ट्रका साथै फिनल्यान्ड, स्वीडेन, जर्जिया र ईयूका विदेश मन्त्रीहरुको बैठक आयोजना गर्ने घोषणा पनि उनले गरेका छन् । यद्यपि उनले एसिया प्रशान्तका साझेदारहरु जस्तै– अस्ट्रेलिया, न्यूजिल्यान्ड, जापान र दक्षिण कोरियालाई पनि सम्मेलनमा आमन्त्रित गरिने जनाए । हालको सुरक्षा संकटको विश्वव्यापी प्रभाव रहेको पनि उनले बताए ।

बैठकमा विदेश मन्त्रीहरुले नयाँ रणनीतिक अवधारणाको बारेमा पनि छलफल गर्नेछन् । यो युक्रेनमा भएको सैन्य द्वन्द्वको विषयमा हुनेछ । तर यसले पहिलो पटक चीनको बढ्दो प्रभावको विषयलाई पनि समावेश गर्नेछ ।
‘चीन रुसको आक्रामक व्यवहारलाई आलोचना गर्नबाट पनि अनिच्छुक देखिएको छ र मस्कोको नजिक पनि देखिएको छ,’ स्टोल्टेनबर्गले बताए ।

अमेरिकी सरकारको वित्तीय सहयोगको फ्रिडम हाउसका अनुसार नेटोका ३५ सदस्यमध्ये पाँच मुलुकमा पूर्ण प्रजातन्त्रको अवस्था छैन । यी राष्ट्रमा टर्की, हंगेरी, अल्बानिया, नर्थ मेसोडोनिया र मोन्टेनेग्रो छन् । यो ब्लक एसिया प्रशान्तका साझेदारहरुसँग हतियार नियन्त्रण, साइबर, हाइब्रिड र प्रविधिको क्षेत्रमा सहयोगको अवस्थालाई गहन बनाउन सक्षम हुने बताएका छन् ।

युक्रेनमाथि रुसले आक्रमण सुरु गरेदेखि नै बेइजिङले यो विषयमा विशेष किसिमको अडान लिँदै आएको छ । उसले द्वन्द्वको शान्तिपूर्ण समाधान गर्न आह्वान गर्दै मस्कोको आलोचना गर्न भने अस्वीकार गर्दै आएको छ । चीनले अमेरिका, क्यानडा, बेलायत, ईयू, जापान, अस्ट्रेलिया र अन्य राष्ट्रको आर्थिक प्रतिबन्धमा आबद्ध हुन अस्वीकार गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation