हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

मानव अधिकार समूह बुद्धमूमि द्वारा प्रमुख ३ राजनैतिक दललाइ ज्ञापन पत्र

कपिलवस्तु ।

मानव अधिकार समूह बुद्धभूमिका अध्यक्ष कृष्ण प्रसाद खनालको संयोजकत्वमा विभिन्न पार्टिलाइ ज्ञापन पत्र बुझाईएको छ । मानव अधिकार समूह बुद्धभूमिका अध्यक्ष खनालको संयोजकत्वमा मानव अधिकार समूहका सदस्य जानकी आचार्य , इन्सेक प्रतिनिधी पार्वती आचार्य र संचारकर्मीको टोलीले नेपाल कम्यूनिष्ट पार्टी एमाले बुद्धभूमि नगर कमिटीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।

आसन्न २०७९ बैसाख ३० गते स्थानीय निर्वाचन सम्पन्न हुदैछ । निर्वाचनमा भाग लिने बिभिन्न राजनीतिक दलहरुले आ आफनो घोषणा पत्र मार्फत जनतासामू जाने तयारी गरिरहेका बेला हामी मानव अधिकार समूहका तर्फबाट उल्लेखित सवालहरुलाई आ आफनो घोषणा पत्रमा समावेश गरि आम नागरिकहरुको अधिकार सुनिश्चित गर्नकालागि राजनीतिक दलहरुलाई प्रतिवद्धता जाहेर गर्न यो ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउन चाहान्छौ ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाल कम्यूनिष्ट पार्टी एमाले बुद्धभूमि नगर कमिटीका अध्यक्ष देवी प्रसाद बेल्वासेले ज्ञापन पत्रमा उल्लेख गरिएका शिक्षा , स्वास्थ्य , खाद्य र आवासको अधिकारको बिषयहरुलाई आफ्नो पार्टी नेकपा एमाल को घोषणा पत्रमा समाबेस गर्ने र आम नागरिकहरुको अधिकार सुनिश्चित गर्न सदैव तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो ।

त्यस्तै मानव अधिकार समूह बुद्धभूमिका सदस्य भोजराज पोख्रेललको संयोजकत्वमा मानव अधिकार समूह र इन्सेक प्रतिनिधीको टोलिले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र बुद्धभूमि नगर कमिटीलाई ज्ञापन पत्र बुझाएको हो ।

आसन्न २०७९ बैसाख ३० गते स्थानीय निर्वाचन सम्पन्न हुदैछ । निर्वाचनमा भाग लिने बिभिन्न राजनीतिक दलहरुले आ आफनो घोषणा पत्र मार्फत जनतासामू जाने तयारी गरिरहेका बेला हामी मानव अधिकार समूहका तर्फबाट उल्लेखित सवालहरुलाई आ आफनो घोषणा पत्रमा समावेश गरि आम नागरिकहरुको अधिकार सुनिश्चित गर्नकालागि राजनीतिक दलहरुलाई प्रतिवद्धता जाहेर गर्न यो ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउन चाहान्छौ ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र बैकल्पिक केन्द्रिय सदस्य रुद्र प्रसाद बञ्जाडेले ज्ञापन पत्रमा उल्लेख गरिएका शिक्षा , स्वास्थ्य , खाद्य र आवासका बिषयमा उल्लेख गरिएका बिषयहरुलाई पार्टीले गम्भिर रुपमा उठान गर्दै समस्या समाधान तर्फ लाग्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

त्यस्तै मानव अधिकार समूह बुद्धभूमिका अध्यक्ष कृष्ण प्रसाद खनालको संयोजकत्वमा मानव अधिकार समूहका सदस्य जानकी आचार्य , इन्सेक प्रतिनिधी पार्वती आचार्य र संचारकर्मीको टोलीले नेपाली कांग्रेस बुद्धभूमि नगर कमिटीको कार्यालयलाई ज्ञापन पत्र बुझाएको हो ।
आसन्न २०७९ बैसाख ३० गते स्थानीय निर्वाचन सम्पन्न हुदैछ ।

निर्वाचनमा भाग लिने बिभिन्न राजनीतिक दलहरुले आ आफनो घोषणा पत्र मार्फत जनतासामू जाने तयारी गरिरहेका बेला हामी मानव अधिकार समूहका तर्फबाट तल उल्लेखित सवालहरुलाई आ आफनो घोषणा पत्रमा समावेश गरि आम नागरिकहरुको अधिकार सुनिश्चित गर्नकालागि राजनीतिक दलहरुलाई प्रतिवद्धता जाहेर गर्न यो ज्ञापन पत्र मार्फत ध्यानाकर्षण गराउन चाहान्छौ ज्ञापन पत्रमा भनिएको छ ।

ज्ञापन पत्र बुझ्दै नेपाली कांग्रेस बुद्धभूमि नगर समितीका सभापती माधव प्रसाद दमासेले ज्ञापन पत्रमा उल्लेख गरिएको बिषयहरुलाई आफ्नो पार्टीको घोषणा पत्रमा समाबेस गर्ने र आम नागरिकहरुको अधिकार सुनिश्चित गर्न सदैव तत्पर रहेको प्रतिबद्धता जनाउनु भयो । संबिधानमा उल्लेख गरिएका शिक्षा , स्वाथ्य , खाद्य र आवासको अधिकार जनताले पाउनु पर्छ र अधिकारका कुराहरुलाई जनता समक्ष पुराउनु पर्छ भन्ने नेपाली काग्रेसको धारण रहेको उहाँले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation