


एउटै कुलमा जन्मेका, विवाहबाट जोडिएको पारस्परिक सम्बन्ध, गोत्र कुटुम्बको सम्बन्ध वा साइनुलाई नाता भनिन्छ । जीवनमा नाताहरु यस्तरी आउँदछन् कि को कतिबेला कसरी आउँछन् थाहै हुँदैन । मन परे पनि नपरे पनि नाताहरु, नातेदारहरु भेटिन्छ, बोलिन्छ ।
जीवनमा धर्म, मर्म, पर्वमा नातेदार भेटिरहनु पर्दछ ।
रगतको नातासँगै भावनाको नाता भयो भने त्यहाँ झन् बढी हार्दिकता, प्रेम र समर्पण हुन्छ, हुँदोरहेछ । स्नेह र माया नातादारी भयो भने नाताको गाथा अझ मज्जाले बढ्दछ, बढ्दोरहेछ ।
कुरो २०६२ सालको हो । अनुहार हिन्दी फिल्मकी हिरोइन रानी मुखर्जीसँग मिल्ने र अलिकति स्वर पनि उनको जस्तै भएको, गोलो र बाक्लो गाला, कपालको कट पनि रानी मुखर्जीसँग मिल्ने एक केटी पुरानो बानेश्वरको मेरो अफिसको कोठामा देखा परिन् ।
त्योभन्दा अगाडि मेरो भाइ विमल ढकाल जसलाई मेरो जीवनको सनसाईन भन्ने गर्दछु । भाइ भए पनि मेरो जीवनको दाइ जस्तो लाग्दछ ऊ । ऊ मलाई कृष्ण जस्तो र म आफूलाई बलराम जस्तै लाग्दछ । बुबाको महाप्रस्थान २०५५ सालमा भएको र २०५७ सालमै बिदेशिएको ऊ मलाई जहिले पनि नियास्रो लाग्ने मान्छे थियो । उसलाई सम्झेर नियास्रोले म धेरैपल्ट रोएको छु ।
उसलाई चिठी लेख्दा कागजहरु बीचबीचमा आँशु झरेर उस्सै फुल्दथे । उतिबेला फोन गर्न पनि गाह्रो र इमेल गर्न पनि गाह्रो समय थियो तर साइबर देख्ने बित्तिकै छिरेर इमेल वा फोन गर्न मन लागिहाल्थ्यो । हरेक साइबरमा म उसैलाई देख्दथेँ र छिरिहाल्थेँ । इमेल गर्दा पनि मायाले गह भरिन्थ्यो ।
ऊ मेरो भाइ, छोरा, साथी र अभिभावक झैँ लाग्दथ्यो ।
उसैले भनेर भेट्न आएकी ती रानी मुखर्जीजस्ती केटी मलाई भेटन आउँदा नै उनको काठमाडौं पोष्टमा निक्लिएको आर्टिकल र उनले गरेका अभियानहरु लिएर आएकी रहिछन् । केही बेर बसेर चिया खाएर उनी छुट्टिईन् । शान्ती र्याली गरेको फोटो र बच्चामै सरस्वती पूजा गर्न पैसा उठाएको र मन्दिर बनाएको छापिएको पत्रिका बोकेर आएकी थिइन् ।
बेलुकै विमलले फोन गरेर सोध्यो, ‘आज कोही भेटन आएको थियो ? ’
मैले भनेँ, “अँ, आएको थिइन् एकजना ‘’
उसले सोध्यो, ‘कस्तो लाग्यो ? ’
मैले भनेँ ‘मोटो मोटो स्मार्ट छिन् ।’
उसले ‘मन पराएको छु’ भनेन । मैले ‘बाबु १ तैँले मन पराएको रैछस् नि १ हैन’ भनेर सोधिनँ । हामी दुवैले घुमाउरो तरिकामा त्यही दिन दुवैलाई मन परेको बताएको थियौँ ।
विदेशमा पढ्न गएको बेला उसले भेटेको रहेछ र ‘प्यारको इजहार एक अर्काले उतै गरिसकेको’ गाईगुँई उनी मेरो अफिसमा नआउँदै आइसकेको थियो ।
विमल मेरो मनको मान्छे थियो । मजस्तै थियो । हरेक कुरा उसले नभने पनि म बुझ्दथेँ । मैले नभने पनि ऊ बुझ्दथ्यो कि १ यतिसम्म कि फोन गर्दछु भनेर उसले थिच्दा म फोन गरिरहेको हुन्थेँ । मैले फोन गरौँ भनेर थिच्दा उसको फोन आएको हुन्थ्यो । एकै पल्ट एकै शब्द कतिऔँ पल्ट हामी उच्चारण गर्दथ्यौँ । अनि हाँस्दथ्यौँ । उसले मन पराएको कुरा नबुझ्ने कुरै थिएन ।
उसले मन पराएपछि उनी पनि मलाई मन परिन् । २०६२ सालमा मेरो विवाह भयो । विवाहपछि सिर्जना उनी अर्थात शर्मिलाको साथी जस्तै भईन । उनी सिर्जनासँगै मुलपानी घरमा आउन थालिन् । घरमा आमा, वालविधवा फूपु ९जसले बुबालाई पनि हुर्काउनु भएको थियो० हुनुहुन्थ्यो । सानो भाइ निर्मल सानै थियो । दिदिबहिनीको विवाह भैसकेको थियो । हामी फूपुलाई पनि आमा नै भन्दथ्यौँ । आमाहरु र निर्मल सबैसँग चिनजान गरिन् ।
मैले भनेँ, ‘हाम्रो विमलुले मन पराएको मान्छे हो आमा ।’
हाम्रो कल्चर भन्दा फरक थियो, विवाह पहिल्यै प्रेमिका चिनाउनु । उहाँहरुलाई अप्ठ्यारो लाग्यो । मान्छे आफ्नोभन्दा पनि समाजले के भन्लान भनेर आत्तिन्छन् । आमाहरुले पनि त्यस्तै भन्नुभयो । विमल घरको नानी थियो । ऊ हरेक कुरामा मभन्दा माथिल्लो तर नातामा मात्र मेरो भाइ थियो । उसले मन पराएको भनेपछि राम्रै गरेको होला भन्ने भयो ।
एक दिन बुढीआमा र आमाले पनि भन्नुभयो, ‘बावुु झापाको भन्छन्, घर बिग्रने त हैन ? ’
मान्छेलाई आफ्नो मान्छे राम्रो र अर्को मान्छे के हो के लाग्दछ । त्यसैले त्यो प्रश्नसँगै उहाँले सोध्नु भयो, ‘विमल सोझो छ, झापाका टाठा हुन्छन् भन्छन्, छक्याउलिन् नि ।’
काठमाडौं झापासँग जहिल्यै आत्तिने मानसिकता त्यसमा लुकेको थियो । काठमाडौंले जहिले भन्दथ्यो, ‘झापामा छोरी दिनु, छोरी नलिनु ।’
कारण छोरी दिँदा आफ्नो छोरी बाठा हुन्छन् र छोरी लिँदा आफ्नो छोरा लाटो हुन्छ र छक्याउँछन् । यस्तै सोच थियो काठमाडौं र झापाको । त्यो यद्यपि धेरै ठाउँमा कायमै छ ।
बुझ्दै जाँदा उनी आफ्नै खुट्टामा दुःख गरेर उभिएकी । ज्ञानी । पायोनियर काम गर्न रुचाउने उनी डिस्काउन्ट कार्डको एप्रोच नेपालमा ल्याएर क्याम्पेन सुरु गरिरहेकी रहिछन् । कलेज पढ्दै १९ बर्षकै उमेरमा झापाबाट आमा बुबालाई काठमाडौ ल्याएर राखेकी रहिछन् ।
दुई दाजुलाई र उहाँहरुबाट जन्मेका बच्चाहरुलाई अभिभावकत्व दिएकी रहिछन् । त्यस्तो फुच्चीमा त्यस्तो आँट र हिम्मत देखेर म पनि छक्क परेँ । उनले गरेको संघर्षको ह्ृदयविदारक भनाईले मेरा आँखा भरिएका थिए । उनका दुःख र संघर्षका कथाले मेरो मन पगालेको थियो । मन पग्लिएको त्यतिबेला थाहा भयो, जब उनका कुरा सुनेर आँखामा पानी बगिरहेको थियो ।
जीवन त हो, अगाडि बढिरहन्छ । हरेक जीवनका घटना राम्रैका लागि घट्दछन् । मान्छेले त्यसलाई धैर्यपूर्वक र इमान्दारीपुर्वक हेर्न जान्दैन र मात्र ऊ डराउँछ । नकरात्मक होस् वा सकरात्मक जीवनका एक–एक घटनाले मान्छे बनेको हुन्छ ।
यस्तैमा आयो २०६५ साल बैशाख १५ गते । विवाहको दिन थियो त्यो दिन । विमल र शर्मिलाको विवाह भव्य भयो । म अभिभावकको रुपमा थिएँ । दिनभर व्यस्त भएर त्यो दिनको विवाहको कति फोटो मैले खिच्नै पनि भ्याईनँ ।
उनी त एक अनुशासित बुहारी भएर घरमा प्रस्तुत भईन् । डराउने बुढीआमा नै उनको प्रशंसा गर्ने हुनुभयो । भन्नुभयो, ‘बुहारी त ठिक छ जस्तो छ बाबु रु’
अनुशासित बुहारी भएर हरेक रितिरिवाज पालन गरेर बसिन् । फुच्ची बुहारी झैँ लाग्दथ्यो ।
विवाहपछि व्यापारका लागि उनीहरु दुवई गए । उनीहरु दुईको प्रितको प्रमाणपत्र बासना दुवईमै जन्मिनँ । म हेर्न गएँ ।
त्यही बेला उनले भनिन्, ‘म राजदुत हुन्छु दादा, देशको लागि असल राजदुत बन्न सकियो भने देशलाई फाईदा हुन्छ दादा ।’
म छक्क परेँ । के नचाहिँदो कुरा गरेको रु यति सानी फुच्चीलाई कसले राजदुत बनाउँछ भने झैँ लाग्यो ।
भनेँ, ‘नानी कसले बनाउँछ तिमीलाई राजदुत रु धेरै पढेको पनि छैनौ ।’
उनको दिमागमा पढाईको भूत र राजदुतको भूत सवार भईसकेको रहेछ । सुत्केरी हुने अघिल्लो दिन पनि दुवईको ओलुंगन विश्वविद्यालयमा तकिया च्यापेर पढ्न गएको दृश्य सम्झन्छु । अनि १७ दिनको सुत्केरी उनी बच्चा लिएर पढ्न नेपाल आईन् ।
गर्छु भनेपछि जे पनि गर्ने जोधाहा खालकी उनी २० दिनको सुत्केरी हुँदा पनि बच्चालाई छाडेर शिक्षक बोलाएर दिनभर–दिनभर गरेर १८ घन्टा पढेको देखेर म छक्कै परेँ । उता सानो बालख छोरी रुँदा कसरी पढ्न सकेको होला यो मान्छेले रु झै लाग्दथ्यो । एक त सुत्केरी महिला, त्यसरी दुःख गर्दा भोलि आफ्नो शरीर के होला भन्ने किन नसोचेको रु मलाई बच्चा रोएकोमा हुटहुटी भै सक्यो उनलाई किन नभएको होला रु भनेर मनमनमा प्रश्न बहुत आउँदथ्यो ।
कहिलेकहिँ कस्तो जीवन नबुझेकी मान्छे होलिन १ बच्चालाई आयासँगै राखेर आफू पढ्न कसरी सकेको होला रु हामी केटा मान्छेलाई त त्यो बच्चा रुदा कुन बेला गएर समाऊँ जस्तै लाग्दछ भने उनले त ब्रेस्ट फिडिङ गराउन पर्ने, एक सुत्केरी आमाको स्तन चर्केर दुधको धारा बग्दछ भन्ने सुनेको छु । उनी किन यस्तो भएकी होला भन्ने लाग्यो । तर, बेला बेलामा फुत्त गएर बुबु खुवाएर फेरि पढन आउने रहिछन् ।
मेहनतको फल मिठो भएर निक्लियो ।
उनले पढिन् र मेजर ईङ्लिसमा एमए प्रथम डिभिजनमा पास गरिन् । हरेक कुरा म्यानेज गर्न जान्ने र माया दिएर माया लिन जान्ने उनी केही समय आफ्नो व्यायार व्यवसायमा संलग्न रहिन् । र, नभन्दै २०७४ सालमा उनी राजदुत भएर देखा परिन् ।
दश बर्षमै आफूले आफ्नो युग उनले परिवर्तन गरिन् । उनले मनले सोचेको काम व्यवहारले पूर्णता दिईन् । दशै बर्षमा हामीले ९भाइ र मैले० पनि नपत्याएको सपना विपनामा बदलिन् । म सम्झन्छु, त्यतिबेला मेरा भन्ने साथीभाइ पत्रकारले पनि उनलाई नचाहिँदो लेखे । नभएको कुरा लेख्ने, अनुसन्धानमुलक भन्दा पनि आरोपित पत्रकारको पीडित उनी पनि भईन् । भाइ र मैले काठमाडौंको रैथाने भाषामा भन्यौँ, ‘भैहाल्यो छाडिदेऊ । हामीलाई खान लाउन नपुगेको छैन, किन चाहियो, राजदुत रु’
उनले भनिन्, ‘यति दुःख भैसक्यो भने अब किन गिभअप गर्ने दादा रु’
त्यहाँनेर काठमाडौंको रैथाने र झापाको संस्कृति झुलुक्क देखा पर्यो । उनको कुरा सहि थियो । उनी राजदुत भईन् । सायद ३४ बर्षमा राजदुत हुने पहिलो नेपाली महिला भईन् । उनले आफ्नो इतिहास आफै बनाईन् । ओमानको पहिलो नेपाली महिला राजदुत भईन् ।
जब राजदुत भईन्, त्यसपछि उनले चार बर्षको कार्यकालमा गरेको काम नेपाली जनमनले थाहा पाए र उनी अहिले जनताको मान्छे भईन् । जाने बित्तिकै दुई महिनामा नेपालको प्रधानमन्त्री शेरबहादुर देउवाको भिजिट गराईन् । नेपाली राजदुतावासलाई जग्गा लिईन् । अरुले देखेको ठुला कामहरु उनको लागि सानातिना भयो । मैले पनि त्यो लेखिनँ । लेख्न पनि मन लागेन । त्यस्तो त दैनिक जस्तै देशको लागि अनेक काम गरिन् ।
कोरोना आयो । कोरोनाको कालमा नेपालीहरु देश फर्कन खोजे । सरकारले ७५ हजार भाडा दर तोक्यो । गरिब नेपाली घर फर्कंदा भएको कमिशनको खेल उनलाई मन परेन । उनले ३६ हजारमा ओमानको नेपालीलाई नेपाल पठाईन । सरकारको कुरा राजदुत शर्मिला पराजुलीले नमानेको भनेर अनलाईनमा न्युज समेत आयो । मलाई मन पर्ने कुरा उनले के गरेको थिईन भने यहाँ नेपाली घर फर्कंदा होस्टलमा १४ दिन बस्नु पर्ने थियो । त्यो पनि कमिशनको चक्कर थियो । आउने बित्तिकै घर जाउँ भन्ने भावनामा कुठाराघात थियो त्योे । उनले कम्पनीलाई भनेर पिसिआर गराएर डाईरेक्ट घर जाने गरी फर्काईन् । वास्तवमा नेपालीको धेरै पैसा बचेको थियो, त्यतिबेला । पहिलो लकडाउनमा उनले मनैदेखि गरको कामले उनलाई मासले चिन्ने भयो ।
केही समयपछि दोस्रो भेरियन्ट सुरु भयो कोरोनाको । नेपालमा अक्सिजनको अभाव भयो । उनले नेपाली एनआरएनसँग मिलेर राजदुतावासको कोअर्डिनेसनमा ५ सय ६६ सिलिन्डर नेपाल पठाईन् ।
यसले उनीभित्र भएको मानवीय भावना उजागर भयो । परिवारले मात्र थाहा पाएको उनको मन प्रत्यक्षतः नेपाली जनताले जाने । मन त उनको त्यही थियो । हिजो पनि आज पनि । तर आज कर्मले उनको नाम अगाडि आयो र देखियो । कर्मलाई क्रान्ति बनाईन् उनले । मेरो एक जना मित्र बसन्तराज कार्कीको भतिजोको ओमानमै देहान्त भयो । उनको शव नेपाल फर्काउन समय लाग्दथ्यो । तर, उनले तुरुन्तै शव नेपाल पठाएर उनको घरमा समेत फोन गरेर आउने बीमाको कुरा गरिछन् ।
एक दिन भन्दै थिइन्, ‘दादा, ओमानमा नेपालीको लाश राखेर म कसरी खाना खान सक्छु रु कसरी निदाउन सक्छु रु’
मनमनै मैले त्यो बेला बहुत सम्मान गरेको थिएँ ।
अर्को, ओमानमा जाँदा उनले मेरै अगाडि बिचल्लीमा परेको महिलाको गार्जेन बनेर तीज गिफ्ट दिँदा ती महिलाहरु डाँको छोडेर रोएको देखेको थिएँ । ती महिलालाई राजदुतावासमै राखेर कम्पनी वा कसैलाई भनेर टिकट काटेर उनीहरुलाई नेपाल पठाउनु उनको नियमितता भैसकेको रहेछ । दशै तिहारलगायतका चाडबाड उनी आफै सक्रिय भएर नेपालीहरुसँग बसेर मनाउछिन् ।
आफूले सानो ठानेको रुख ठुलो भएर फल र फूल लाग्दा कस्तो हुन्छ, मलाई शर्मिलाले गरेको कामले यस्तै लागेको थियो ।
धर्तीमा सबैभन्दा लामो आयु इतिहासको हुन्छ । कारण इतिहासमा सबै कुरा अटाउँछ । आफ्नो कर्म इतिहासमा लेखाउन सफल भईन उनी । उनलाई सदैव भन्थेँ, ‘नानी तिमी सबैको आँखाको नानी हुनु ।’
नेपाल सरकारले विश्वास गरेर उनलाई राजदुत बनाएर पठाएपछि मैले लेखेको थिएँ, मेरै फेसबुकको टाइमलाईनमा । ‘जीवन सुन्दर छ । कारण संसारमा सुन्दर मान्छे छन् । नामले, रुपले वर्णले र जातले भन्दा पनि कर्मले हुने सुन्दरता अमर हुने रहेछ । त्यसैले त कालो वर्णका नेल्सन मण्डेला आजसम्म बाँचेका छन् । यस्ता अनगिन्ति उदाहरण पाईन्छ । १५ वटा हिट फिल्म लगातार दिएका राजेश खन्ना भारतीय पहिलो सुपरस्टार मानिन्थे । उनी सुकेर मरे । विनोद खन्नाको त्यही हाल थियो । बाहिरी सुन्दरता मरे पनि कर्मकै कारण दुबैलाई आज पनि फिल्ममा देख्न सकिन्छ ।’
ओमानको राजदुत बनेर धेरै नेपालीको आँखाको नानी बनेको छौ । जति बढी मान्छेलाई आफ्नो प्रकाश छरेर अरुलाई उज्यालो बनाउँछौ, त्यत्ति नै तिमी सुर्य जस्तै हुन्छौ ।
महापुरुषहरु खराव संसार काटेर सुन्दर संसार बनाउँछन् र उनीहरुलाई भेट्दा जीवन सुन्दर लाग्छ । तिमी पनि घरको, समाजको हुँदै देशको र विश्वको सुन्दर मान्छे बन्नु । जिन्दगी सुन्दर छ । सारा पृथ्वी र सिंगो ब्रम्हाण्ड हामीलाई सुन्दरता बर्र्षाईरहेका छन् । सारा मानव जातिका विभिन्न पेशा व्यवसायले हामीलाई कसरी सुन्दर पारौ भनेर कुदिरहेका छन् । तिम्रो जन्मदिनले तिमीलाई झन् सुन्दर पारिरहेको छ ।
अर्को दिन फेसबुकमा यस्तो लखेथेँ । ‘जीवन त्यहाँदेखि यहाँसम्म आईपुग्दा धेरै परिवर्तन भयो । हरेक परिवर्तनलाई सकारात्मक ढंगले हेर्ने तिम्रो बानीले तिमी जीवन जस्तै अगाडि बढेर महामहिम राजदुत बन्न सफल भयौ । तिमीलाई देखेपछि लाग्दछ, एक बर्षमा पनि जीवन कत्ति परिवर्तन हुँदो रहेछ । जसको उदाहरण आफै बनेर देखायौ । मेरो छोरी, बुहारी र साथी हो भन्ने डाइलग पनि थोत्रो हुन लाग्यो । हाम्रो आँखाको नानी तिमी सबको बन्दैछौ । खुशी लागेको छ । ह्याप्पि बर्थ डे ।’
जीवनमा अंकभन्दा अर्थ बढी महत्वपूर्ण हुन्छ । प्रेमको अर्थ जीवनमा अपरम्पार छ । जहाँ प्रेम छ, त्यहाँ १० बर्ष १ बर्ष जस्तो लाग्दैन । विमल र सरुको प्रेम यस्तै छ । यो प्रेमिल जोडी एकअर्कामा जोडिएकोमा हामी खुशी छौँ । परिवार र समाजलाई खुशी राख्दै देश र विश्वलाई खुशी दिने यस्तो जोडी हाम्रै घरमा छ भन्दा हामी खुशी छौँ । छोरीजस्तै भाइ, छोरी बहिनी जस्तै बुहारी, साथी जस्तै बुहारी पाउँदा हर्षित छु । जुगजुगको जोडी बनोस् ।
एकमा एक थपिदा यस्तै हुँदो रहेछ १ कस्तो कस्तो हुँदो रैछ रु हो १ र १ कहिलेकहिँ ११ हुँदो रहेछ । यस्तै भईरहेछ ।
हरेक एनिभर्सरी, बर्थडे र खुशीको कुरामा पोष्ट गर्नु र बोल्नु, फोनमा भन्नु सामान्य कुरा भयो मेरो ।
अहिले यतिबेला उनको फेसबुको टाइमलाइन भरिएको छ । कारण उनले वद र वाईवलमा महिला विषयमा पिएचडि गरेकी छिन् ।
जीवन चलाउन सबै कुरा मिलाएर जानु पर्दछ भन्ने उनलाई थाहा छ । त्यसैले उनले पिएचडि गरिन् । संसारमा डाक्टर लेखिएपछि त्यो बढी विद्वानमा गनिन्छ । विद्धतामा अहंकारको लेस कम हुन्छ । उनमा त्यो पहिल्यैदेखि छ । म कत्ति गाली गर्दछु । जिस्काएर कहिलेकहिँ उनलाई अपमानपूर्वक बोल्दछु । तर पनि उनी कहिल्यै रिसाउँदिनन् ।
म कहिलेकहिँ छक्क पर्दछु । मभन्दा आठ बर्षले कान्छी मान्छे मभन्दा यति गह्रुँगो किन र कसरी भएको होलिन् रु म आफू आफ्नो अवगुण लेखेर घटाउन खोज्दछु । लेखेर हैन, व्यवहारमा घटाउन नजानेर पटक पटक त्यो दोहोरिन्छ । उनको त्यस्तो छैन ।
म यत्रो किताबहरु हेरेर आफूलाई विद्वान सम्झन्छु होला र मलाई कसैले अपमानपूर्वक केही भन्यो वा तिमीलाई यो उमेरमा यत्ति पनि थाहा छैन, तिमी नजान्ने, कस्तो रहेछ भन्यो भने मभित्रको अहंकार पैदा हुन्छ र त्यो कालो अहंकारले सट्टामा कालै अहंकार फाल्दछ । उनी जति गाली गरे पनि, रिस उठेको मान्छे अगाडि आए पनि मज्जाले बोल्न सक्दछिन् । केही क्लेश नराखी कुरा गर्दछिन् । आज मात्र होला भन्यो, भोलि पनि त्यही हुन्छ ।
अनि मलाई लाग्छ, यी नानी फरक धातुले बनेकी होली । म सिलाभरको भए उनी चाँदीको रहिछिन् । म पित्तल भए उनी सुनको रहिछिन् । उस्तै देखिने मान्छे हामी तर कत्ति फरक रहेछौ जस्तै लाग्छ । संसारको अगाडि मैले क्या काम गरेको जस्तो लाग्छ तर जब नानीसँग बस्दछु उसँग अध्यात्म, दर्शन, विज्ञान र ज्ञानका कुुरा गर्छु । म आफूलाई लिलिपुट पाउँछु ।
यस्तो लाग्छ, दयालु मान्छेहरु जीवनमा जब आउँछन् उनीहरुले कालो बादलमा पनि सुर्य देखाउँछन् । त्यसपछि मान्छेले उसलाई धेरै विश्वास गर्छन् । जसका कारण उसलाई आफूसँग आफ्नै विश्वास बढ्दै जान्छ । जब आफूसँग आफ्नो विश्वास बढ्छ, संसारले ऊसँग विश्वास बढाउदै लैजान्छ । उनी पनि अब अन्तराष्ट्रिय मान्छे बनिसकिन् ।
उनको सामान्य जीवनदेखि असमान्य जीवनसम्मको जानकार म आफै उनको प्रगतिले उनीमा प्रत्युत्पन्न मति पैदा भएको देखिरहेछु । फेरि पनि शर्मिलालाई, नानीलाई, बुहारीलाई, साथीलाई, छोरीलाई, राजदुतलाई, डाक्टरलाई हार्दिक हार्दिक बधाई । जे सोच्यो त्यही गर्न सक्ने, आत्मबल र आत्मविश्वासको खानी, देशप्रति वफादार, देशलाई आमाजस्तै माया गर्ने, एक्सन ओरियन्टेड, संसारमा एक्सोपोजर भएको, नेपाल र नेपालीलाई परिवार जत्तिकै माया गर्ने नानी तिमीले देशको लिड गर्ने क्षमता बनाइसक्यौ ।
नानी १ वेद र वाइवलमा विद्यावारिधी गरिसकेकी तिमीलाई सरकारले युरोपियन मुलुक स्पेनको जिम्मा दिएको छ । अब तिमीसँग देश झन् बलियोसँग जोडिएको छ । देशको नाम अझ बलियोसँग चिनाउनु । आमोनमा राजदूत भएर जस्तो काम गर्यौ, त्यही तिम्रो राम्रो कामले नै सरकारले यसपाला तिमीलाई राजदूत बनाएको हो । पाँच दलिय गठबन्धन होस् वा केपी ओली सरकार, राम्रो काम गर्ने मान्छेलाई जुनसुकै सरकारले राजदूत बनाउँछ भन्ने देखियो ।
अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने तिम्रो यात्राको लागि शुभकामना । गो अहेड नानी शर्मिला ।