दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

दुर्गा प्रसाईं मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनपर्यो

काठमाडौँ ।
झापा क्षेत्र नम्बर ३ मा भने एक वर्षपछि हुने संसदीय चुनावको चर्चासमेत सुरु भएको छ । एमालेका केन्द्रीय सदस्य एवम् मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केपी ओलीबाट आफूले टिकट पाइसकेको भन्दै झापा क्षेत्र नम्बर ३ मा चुनावी अभियान थालेका छन् ।

प्रसाईंले काँग्रेस नेता कृष्ण प्रसाद सिटौलालाई टेलिफोन गरेर क्षेत्र नम्बर ३ मा एमालेले आफूलाई खटाएको हुनाले उक्त क्षेत्रमा उम्मेदवार नबन्न आग्रह गरेका छन् । प्रसाईंले सिटौलालाई नाताले मामा भन्छन् । एमाले नेता प्रसाईंले सिटौलालाई फोनमा भने, ‘मामा म क्षेत्र नम्बर ३ मा एमालेबाट उठ्ने भएँ, तपाईँ अर्कै क्षेत्रमा गइदिनप¥यो ।’

झापा क्षेत्र नम्बर ३ यसअघि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले जितेको क्षेत्र हो । ०७४ सालमा लिङ्देनले एमाले अध्यक्ष केपी ओलीको साथ पाएर जितेका थिए । सो निर्वाचनमा एमालेले ‘म्याच फिक्सिङ’ गर्दा सिटौला पराजित भएका थिए ।

यस पटक ओलीले मेडिकल व्यवसायी प्रसाईंलाई सो क्षेत्रमा तयारी गर्न भनेपछि लिङ्देन र काँग्रेस नेता सिटौलामाथि थप दवाव पर्न थालेको छ । आगामी चुनावमा सो क्षेत्रमा एमालेका दुर्गा प्रसाईं, राप्रपाका लिङ्देन र काँग्रेसका सिटौलाबीच भिडन्त भएमा त्यो रोचक प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation