हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

माधव नेपालले अब ३ सिट ल्याएर देखाउन् अध्यक्ष ओलीको चुुनौति

काठमाण्डौ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादी का अध्यक्ष माधवकुमार नेपाललाई आउँदो संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको छ । अध्यक्ष ओलीले पार्टी एकीकरणका बेला आफूले ५४ सिट दिएको प्रचण्ड र २३ सिट दिएको माधव नेपालले त्यसको दुरुपयोग गरेर पार्टी फुटाउने काम गरेको भन्दै आक्रोशसमेत व्यक्त गर्नुभयो ।

आज शुक्रवार काठमाण्डौमा आयोजित पार्टी निकट राष्ट्रिय स्वास्थ्यकर्मी सङ्घ नेपालको चौथो राष्ट्रिय महाधिवेशनमा बोल्दै उहाँले माधव नेपाललाई आउँदो संसदीय चुनावमा तीन सिट ल्याएर देखाउन चुनौती दिनुभएको हो ।

उहाँले भन्नुभयो, ‘५४ सिट दिइयो प्रचण्डलाई । तर भस्मासुर शैलीमा त्यसलाई दुरुपयोग गरे । चार सिट आउँदैन भनेर हामीसँग प्रचण्ड मिलेको होइन । माधव नेपाल २२र२३ सिट ल्याउने सामर्थ्य भएका मानिस हुन् । अब तीन सिट ल्याएर देखाउन् त रु’

अध्यक्ष ओलीले एउटा नागरिकको हैसियतले सरकारले गरेका राम्रा कामको समर्थन गर्न र नराम्रा कामको विरोध गर्न पनि स्वास्थ्यकर्मीहरूले सक्नुपर्ने बताउनुभयो । उहाँले मेडिकल कलेज र इन्जिनियरिङ कलेज खोल्नै नदिन मतियारहरू सक्रिय रहेको बताउनुभयो ।

वरिष्ठ चिकित्सक गोविन्द केसीप्रति सङ्केत गर्दै उहाँले म नखाउँ भनेपछि सरकार थरर काम्ने गरेको पनि उल्लेख गर्नुभयो । विद्यार्थी बाहिर पढाउने र कमिसन खान पल्केकाहरूले नै नेपालजस्तो स्वास्थ्यको हब बन्न लायक देशमा मेडिकल कलेज नै खोल्न नदिने अवस्था आएको ओलीको तर्क थियो ।

उहाँले भन्नुभयो, ‘स्वास्थ्य क्षेत्रलाई प्रदूषित गर्ने तत्त्वहरू सक्रिय छन् । नेपालमा स्वास्थ्य शिक्षाको बन्ध्याकरण गर्न खोज्ने, स्वास्थ्य शिक्षाको नियोजन गर्न खोज्नेहरू सक्रिय छन् । स्वास्थ्यको, शिक्षाको त हब हुनुपर्छ नेपाल । विश्वको शिक्षा केन्द्र हुनुपर्दछ यो । ’

कार्यक्रममा अध्यक्ष ओलीले परीक्षण ल्याबसम्म नभएको अवस्थामा कोभिड नियन्त्रणका लागि तत्कालीन आफू नेतृत्वको सरकारले असाधारण सफलता हासिल गरेको पनि दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation