दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

महाराजगन्जमा सुविधा सम्पन्न अस्पतालको शिलान्यास

कपिलवस्तु ।
कपिलवस्तुको महाराजगन्ज नगरपालिका वडा नम्बर १ मा १५ बेडको सुविधा सम्पन्न अस्पताल भवनको शिलान्यास गरिएको छ।महराजगन्ज नगरपालिकामा आधारभुत तहको सुविधा सम्पन्न अस्पतालको कांग्रेस लुम्बिनी प्रदेश महामन्त्री तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्य मेयर अब्दुल कलाम र उम मेयर सुभावपत कुर्मीले फाउन्डेशमा ईटा हालेर भवनको शिलान्यास गरेका हुन्।

सो अवसरमा महामन्त्री आचार्यले विकासमा पछि परेको महाराजगंज नगरपालिकामा अस्पताल निर्माणले अब जनताले यहीबाट उपचार सुविधा पाउने बताए। उनले विकासमा निकै पछि परेकमो महाराजगन्जमा अस्पताल निर्माण भए पछि नगरका जनताले धेरै राहत पाउने बताए।

‘अस्पताल बने पछि अब सामान्य उपचारकालागि भारत र बुटवल तौलिहवा जाने बाध्यता हटनेछ’ उनले भने। पछिल्लो ५ वर्षको अवधिमा महाराजगन्जमा धेरै विकासका कामहरु भएको उनले बताए।

महराजगन्ज नगरपालिका वडा नम्बर १ प्राथमिक स्वास्थय चौकीको उत्तर तर्फ एक बिघा बढी क्षेत्र रहेको जग्गामा सुविधा सम्पन्न अस्पताल निर्मााणको कार्य विधिवत रुपमा अघि बढको महाराजगन्जका मेयर अब्दुल कलामले बताए।

‘अस्पताल निर्माणको कार्य अघि बढी सकेको छ, ठेकेदार कम्पनीलाई समय मै काम गर्न निर्देशन दिएका छौ’ उनले भने। निर्माण हुने अस्पतालमा आधारभुत तहको स्वास्थ्य सेबा उपलब्ध हुने उनले बताए। जनरल फिजिसियन, प्रसूति, ल्याब, फार्मेसि डेन्टल आखा लागतयका आधारभुत सेवा अस्पतालमा उपलब्ध हुने उनले बताए।

अस्पताल निर्माण भए पछि महराजगन्जले स्वास्थ्य सेवामा फडको मार्ने उनले बताए। सामान्य उपचारकालागि समेत जिल्लाको कपिलवस्तु नगरपालिका र छिमेकी जिल्ला रुपन्देही र भारत जानु पर्ने बाध्यता अस्पताल निर्माण भए पछि हटने मेयर कलामले बताए।

उनले नगरबासीको स्वास्थ्य सेवा आफ्नो पालिकाको पहिलो प्राथमिकता रहेको बताए। उनले पालिकामा रहेको ११ वटै वडामा बर्थिङ सेन्टर निर्माण गर्ने र ११ वटै वडामा भवन निर्माण गर्ने योजना रहेको बताए। ११ मध्ये ६ वटा वडामा बर्थिक सेन्टर सञ्चालन भइसकेको उनले बताए। बाँकी ४ स्वास्थ्य चौकीमा समेत बर्थिङ सेन्टर चाडै बनाइने उनले बताए।

यस्तै वडा नम्बर ४, ५ र ११ मा अधुरो स्वास्थ्य चौकी भवन समेत चाडै निर्माण गरिने उनले बताए। प्राथमिक उपचार सेवा केनद्रमा एक्सरेको सेवा, ४ वटा ल्याब लगातय भौतिक पूर्वाधारको सेवा समेत विस्तार गरिएका छन्।

प्रमुख प्रशासकीय अधिकृत रविन्द्र चौधरीले नगर कै गौरवको योजनाका रुपमा रहेको अस्पताल निर्माणको काम अघि बढेको बताए। यसले नगर क्षेत्रको आधारभुत सेवाकारुपमा स्वाथ्य क्षेत्रले फाडको मार्ने बताए।

नगरपालिका इंजीनीयर सुनिल केसीले २८ करोडको ठेक्का आह्वान गरिएकामा टेण्डर प्रक्रियामा कुमार रोयल जेबीलाई ५ करोड ४६ लाखमा भवन निर्माणको ठेक्का परेको बताए। उनले लिफट सिस्टमा आपांग मैत्री, ३ तले र २९ कोठे भवन १२ सय स्क्वायर फिटमा भवन बन्ने छ। आगामी अप्रेल २०२४ मा भवन निर्माणको काम सकिनेछ।

भवन उद्घाटनका अवसरमा प्राथमिक सेवा उपचार केन्द्रलाई जग्गा दान दिनेहरु गंगोत्री चौधरी, शत्रुघन प्रसाद चौधरी, अंशु वर्मा, राधेकिशुन जैसवाल, सन्तराम बरइलाई सम्मानित गरिएको थियो।

मेयर कलामको अध्यक्षता र राधेश्याम जैसवालको सञ्चालनमा भएको कार्यक्रममा कांग्रेस नेता गंगेश तिवारी, बिदाधर पाण्डेय, नगर पालिकाका प्रशासन शाखाका प्रमुख निरञ्जन पौडेल लगायतले शुभकामना मन्तव्य दिएका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation