लुम्बिनी प्रदेश मदरसा बोर्डका उपाध्यक्ष मशहूदले यूपी मदरसा बोर्ड प्रति व्यक्त गरे हार्दिक आभार कपिलवस्तु बाणगंगामा देशकै दाेस्राे वडा स्वयंसेवक समिति गठन माथागढीको सराइमा मगर एकता दिवस मनाइदै । कृष्णनगर बाट लागु औषध चरेस सहित २ महिला पक्राउ माओबादी केन्द्र जनताको पक्षमा सधै रहने: मौलाना मशहूद ट्राफिक कार्यालय कृष्णनगरले चालु आर्थिक बर्षमा छपन्न लाखभन्दा बढी राजस्व उठाउन सफल महिला कानूनी अधिकार सम्बन्धि दुई दिने तालिम कृष्णनगरमा समपन्न कृष्णनगरमा निशुल्क स्वास्थ्य शिविरबाट हजार बढी लाभान्वित असहाय, असक्तकाे खाेजिमा प्रस्थान: स्वयंसेवकहरू सशस्त्र प्रहरी बल कृष्णनगर द्वारा लाखौं पर्ने अबैध कपडा बरामद                
समाचार :

गृहमन्त्री खाँण : निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गर्न सरकार प्रतिबद्ध छ

गुल्मी ।
गृहमन्त्री बालकृष्ण खाँणले स्थानीय निर्वाचनले जनतालाई शक्तिशाली बनाउने भन्दै सबै दललाई निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । गुल्मी जिल्लामा आयोजित चौथो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री खाँणले भयरहित वातावरणमा तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुने बताए ।

निर्वाचनलाई स्वच्छ र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले ढुक्क भएर मतदानमा सहभागी हुन सबै नागरिकहरुलाई आग्रहसमेत गरे ।

पहिलो कार्यकालमा योगदान पुर्‍याउने जनप्रतिनिधिलाई धन्यवाद दिँदै नयाँ आउने जनप्रतिनिधिलाई उत्साहपूर्वक काम गर्ने वातारण बनाउनु पर्ने दायित्व सबैको भएको उनको भनाइ छ ।

अर्को सनदर्भमा उनले उद्योगी व्यवसायीलाई सुरक्षा दिने कर्तव्य राज्यको रहेको बताए ।

गुल्मी उद्योग वाणिज्य संघ गुल्मीको आयोजनामा ‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजबाट सुरु भएको महोत्सव वैशाख ४ गतेसम्म चल्ने छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2024 उज्यालो आवाज All right reserved Site By : Himal Creation