हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

रुपन्देहीका कलाकार तेजु अर्यालले छाडे एमाले

रुपन्देही ।
रुपन्देहीको देवदह निवासी कलाकार तेजु अर्याल नेकपा एमाले परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । २०४६ सालदेखि एमालेमा सक्रिय रहेका उनी एमालेमा योगदान र क्षमताको कदर हुन नसकेको भन्दै काँग्रेसमा प्रवेश गरेको बताएका हुन् ।

उनलाई शुक्रबार काँग्रेसका नेता अब्दुल रज्जक , रामकृष्ण खाड र हिराबहादुर केसि पार्टीमा स्वागत गरेका थिए । दुई दर्जन बढी गीतहरूमा स्वर दिएका र ५० भन्दा बढी गीतहरूमा आफ्नो कला पस्केका अर्यालले राष्ट्रिय कलाकारको छवि बनाइ सकेका छन् ।

गत स्थानिय तहको निर्वाचनमा एमालेको चुनावी सभालाई मनोरञ्जन दिने अर्यालले यसपालि गठबन्धनको चुनावी सभामा आफ्नो कला पस्किने भएका छन् ।
उनले आफ्नो फेसबुकमा पनि एमाले छाडेर काँग्रेसमा प्रवेश गरेको जानकारी दिँदै देवदह बासीको साथमा रहिरहने बताए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation