


चेतन विष्ट, जितपुर ।
नेकपा एमाले निकट नेपाल खेलकुद महासङ कपिलवस्तु बाणगङ्गाको अध्यक्षमा खुम राना चयन हुनुभएको छ । नेपाल खेलकुद महासङ जिल्ला कमिटी कपिलवस्तुको आयोजनामा भएको प्रथम बाणगङ्गा अधिवेशन तथा भेला बाट खुम रानाको नेतृत्वमा ३१ सदस्यीय समिति गठन भएको छ ।
जसको उपाध्यक्षमा महिला तर्फ स्मृति सुनार र पुरुष तर्फ पदम वेल्वासे, सचीवमा सुरज पोख्रेल, सहसचिवमा मनोहर चौधरी, डोल बहादुर सुनार र कोसाध्यक्षमा सुरज सेन ठकुरी निर्वाचित हुनुभएको छ । साथै उक्त अधिवेशन तथा भेला बाट निर्वाचित सम्पुर्ण टिमलाइ नेपाल खेलकुद महासङ केन्द्रिय कमिटी सदस्य तेजेन्द्र पाण्डेले सपथ ग्रहण गराउनु भएको थियो ।
कार्यक्रमलाइ प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै नेकपा एमाले जिल्ला अध्यक्ष डम्मर शर्माले खेलाडीको बिकास सङ्गै नजिकिदै गरेको स्थानिय चुनाबमा एमालेका उमेदवार लाइ बिजय गराउन यस सङ्गठनमा आबद्ध सम्पुर्ण ब्याक्ति दत्तचित्त भएर लाग्नु पर्ने बताउनु भएको थियो । प्रमुख अतिथि रहनुभएका शर्माले खेलकुद बाट नया जोस, जाँगर र उत्साह थप्ने भएकोले पनि खेल जुनसुकै उमेर समुहका ब्याक्तिलाइ आबस्यक रहेको बताउनु भएको थियो ।
खेलकुदका विभिन्न क्षेत्र संस्थागत हुन नसकेकोले अब सम्पुर्ण खेल क्षेत्रलाइ सस्थागत गर्ने जिम्मा नेकापा एमालेमा आएकोले एमालेका सम्पुर्ण नेता तथा कार्यकर्ता लाइ प्रभाबकारि ढ्ङ्ग बाट खेललाइ अघि बढाउन अनुरोध समेत गर्नु भयो । साथै उहाँले पहुँच को आधारमा खेलाडिलाइ प्राथमिकता दिने अहिलेको चलनलाइ अब यस सङ्गठनले पुर्ण रुपमा हटाइ योग्यता र क्षमताको आधारमा खेलाडि लाइ प्राथमिकता दिने पनि बताउनु भयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाल खेलकुद महासङ लुम्बिनी प्रदेश अध्यक्ष कृष्ण देबकोटाले खेलको रिङभित्र राजनिति गर्नु निकै घातक तर खेल क्षेत्रमा गरिएको राजनितिले खोल क्षेत्रलाइ अघि बढाउन सहयोग गर्ने भएकाले खेल क्षेत्रमा गरीने राजनिति गलत नभएको बताउनु भएको थियो । कार्यक्रमका बिशिस्ट अतिथि समेत रहनुभएका देबकोटाले खेलकुद र खेलाडिको भबिस्य हेर्ने भनेको एमाले नै रहेकोले सम्पुर्ण खेलाडिलाइ एमाले निकट सङ्गठनमा जोडिन समेत अनुरोध गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नेपाल खेलकुद महासङ कपिलवस्तुका अध्यक्ष सुसिल कुवरले प्रदेश अध्यक्ष लाइ बोलाएर अधिवेशन गर्ने पहिलो जिल्लानै कपिलवस्तु रहेको दाबी गर्नुभयो । कपिलवस्तु जिल्ला खेलकुद क्षेत्रमा निकै अब्बल रहेको बताउँदै अझै प्रभावकारि ढङ्ग बाट अघि बढाउन लागी पर्ने प्रतिबद्धता समेत ब्याक्त गर्नुभयो । साथै नजिकिदै गरेको स्थानिय चुनाबमा खेलकुद क्षेत्रबाट १० प्रतिशात भोट ल्याइ एमालेका उमेदवार लाइ बिजय गराउन अनुरोध समेत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रम मा बोल्दै पार्टि सचिवालय सदस्य चेतना अधिकारिले हाम्रो समाजमा खेलकुदलाइ महत्त्व नदिने भएकाले अबका पुस्ताले खेलकुदमा लगानि गरेर खेलकुद क्षेत्रलाइ उचाइमा पुर्याउनु पर्नेमा जोड दिनुभएको थियो ।
कपिलवस्तु उद्योग बाणिज्य संघ को सभाहला सम्पन्न भएको कार्यक्रममा नेपाल खेलकुद महासङ कपिलवस्तु जिल्ला उपाध्यक्ष सबिना आचार्यको स्वागत मन्तव्य तथा बिबेक शर्माको संचालनमा सम्पन्न भएको थियो ।