चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने                
समाचार :

शिवराज ५ को वडाध्यक्षमा एकीकृत समाजवादीका सरोज पौडेलको उम्मेद्वारी

कपिलवस्तु ।
नेकपा एकीकृत समाजवादी को तर्फबाट कपिलवस्तु शिवराज नगरपालिका वडा नं। ५ को वडाध्यक्षमा सरोज पौडेलले उम्मेदवारी दिनुहुने भएको छ ।

आसन्न बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन नजिकिदै जादा नेता पौडेलले वडाध्यक्षमा उम्मेदवारी दिनुभएको हो । यद्यपि पार्टीबाट यस वडामा एक मात्र उम्मेदवार पौडेल भएपनि औपचारिक निर्णय भने भैसकेको छैन् ।

अबका केही दिनमै पार्टीले औपचारिक रुपमा निर्णय गरि पौडेललाई वडाध्यक्षको उम्मेदवार बनाउने जनाइएको छ ।

एकीकृत समाजवादीको स्थापना काल देखि निरन्तर सक्रिय पौडेल पार्टीको जिल्ला सचिवालय सदस्य र शिवराज नगर कमिटी अध्यक्ष हुनुहुन्छ । वडाबासीको चाहना बमोजिम उहाँले वडामा उम्मेदवारी दिन थाल्नुभएको हो ।

शिवराजको मुख्य बजार भनेर चिनिएको वडा नं। ५ अन्य वडाको तुलनामा बढी महत्वपूर्ण छ । सिंगो चन्द्रौटा बजार क्षेत्र समेटको यस वडा नगर कार्यपालिकाको प्रशासनिक भवन पनि भएको वडा हो ।

पौडेलले २०६१ सालबाट एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू कपिलवस्तुको जिल्ला सदस्यबाट राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । २०६२ सालमा नेकपा एमालेको सङ्गठित सदस्यता पाउनुभएका पौडेल २०६५ मा शिवपुर गाउँ कमिटीको सचिव पदमा रहेर काम गर्नुभयो ।

२०६७ सालमा क्षेत्रीय कमिटी सदस्य हुँदै क्षेत्रीय सचिव भएर उहाँले जिम्मेवारी पुरा गरि सक्नुभएको छ ।

पौडेल विभिन्न सामाजिक क्रियाकलापमा समेत सक्रिय हुनुहुन्छ । चन्द्रौटामा रहेको राईजिङ स्टार क्लबको अध्यक्ष, शिवराज जेसिजको अध्यक्ष, सामुदायिक रेडियो भ्वाइसको संस्थापक अध्यक्ष, अरनिको सहकारी संस्थाको सचिवमा रहेर सामाजिक क्षेत्रमा काम गरिसक्नुभएका पौडेल हाल नेपाल आदर्श बहुमुखी क्याम्पसका सञ्चालक समिति सदस्य र अर्घाखाँची शितगंगा सेवा समाजको सचिमा हुनुहुन्छ ।

सानै उमेर देखि सामाजिक काममा लाग्नुभएका पौडेल सरल स्वभावका साथै सबैसँग मिलनसार रहेकाले उहाँलाई युवा पिढी धेरैले रुचाउँछन् । पछिल्लो समय युवा क्लब, वाल क्लव तथा किशोर किशोरीहरुका लागि उहाँले धेरै काम गर्दै आउनुभएको छ । यस पनि अहिलेको पुस्तामा उहाँ लोकप्रिय मानिनुहुन्छ ।

शिक्षा संकायबाट स्नातकोत्तर गर्नु भएका पौडेल ०६८ सालमा सुन्दरी डाँडामा १ वर्ष शिक्षण पेशामा समेत आबद्ध हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation