वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

लायन्स क्लब अफ कपिलवस्तुको अध्यक्षमा राम शुभागे थारु चयन

कपिलवस्तु ।
लायन्स क्लब अफ कपिलवस्तुको छैठौं अधिबेशन लुम्बिनीमा सम्पन्न भएको छ। क्लबका अध्यक्ष धातानन्द भुसालको अध्यक्षता र यरिया को चिफ तथा संस्थापक अध्यक्ष कृष्ण केसीको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले लायन्स बर्ष २०२२(२३ को लागि राम शुभागे थारुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। क्लवले तृतीय उपाध्यक्ष रहनुभएका थारुलाई अध्यक्षमा चयन गरेको हो । थारु कपिलवस्तुमा आईटी संचालकको रुपमा परिचित हुनुहुन्छ ।

अधिवेसनले प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष चयन गरेको छ भने बाँकी पदाधिकारी अध्यक्षसहितको टोलीले चयन गर्नेछ । प्रथम उपाध्यक्ष ओम प्रकाश घिमिरे, दोस्रो उपाध्यक्ष नवदत्त्व घिमिरे, तृतीय उपाध्यक्षमा झवि भट्टराई, चौथो उपाध्यक्षमा नारायण पौडेल तथा पाचौं उपाध्यक्षमा सुमन क्षेत्री चयन हुनुभएको क्लबले जनाएको छ।

कार्यक्रममा कोषाध्यक्ष नवदत्त घिमिरेले आर्थिक, सचिव सागर घिमिरेले प्रगति प्रतिबेदन र अध्यक्ष भुसालले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जोन चेयर पर्शन सुरेन्द्र घिमिरे विशिष्ट अतिथि र क्लवका ९५ सदस्यको सहभागीता थियो । सो कार्यक्रमको संचालन सचिव सागर घिमिरेले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation