हरियो सपना खोज्दै (कविता) नेपाल स्वयंसेवक संघको कृषि पर्यटन तथा शिक्षाको विकाश विषयक: अन्तर्कृया नेपाल स्वयंसेवक संघकाे ब्यवसायमा फड्को बुटवल जाेगीकुटीमा: वर्कसप दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी                
समाचार :

प्रचण्ड : साइकल हरेक दृष्टिले उपयोगी

चितवन ।
नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक दृष्टिले साइकल उपयुक्त भएको बताएका छन्। प्रज्ञा–स्मृति प्रतिष्ठान नेपाल र प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले शनिवार चितवनमा आयोजना गरेको साइक्लिङ म्याराथन प्रतियोगिता उद्घाटन गर्दै उनले स्वास्थ्य, पर्यावरण र हरेक दृष्टिले साइकल नै उपयोगी भएको बताए।

उनले म्याराथनले देशैभर एउटा सन्देश प्रवाह गरेको बताए। ‘देशैभरि साइकलका विषयमा सन्देश प्रवाह भएको छ‚’ प्रचण्डले भने‚ ‘पर्यावरणको संरक्षण गर्न साइकल उपयोगी छ।’

अध्यक्ष प्रचण्डले नारायणी किनारमा म्याराथन शुभारम्भ गरेका हुन्। प्रतियोगिता संयोजक सन्तकुमार दरैले प्रतियोगितामा पाँच विधा रहेको जानकारी दिए। इलिट मेन १९ प्लस, इलिट वमेन १९ प्लस, मास्टर मेन ३० प्लस, ग्रयाण्ड मास्टर मेन ५० प्लस र चितवन विशेष हुन्।

प्रथम हुने १९ वर्षमाथिका महिला तथा पुरुषलाई ४५ हजार रूपैयाँका दरले, ३० वर्षमाथिको विधामा २५ हजार, ५० वर्षमाथिको विधामा २० हजार र चितवन स्पेशल विधामा महिला तथा पुरुषलाई २०र२० हजार रूपैयाँका दरले पुरस्कार रहने आयोजकले जनाएको छ।

प्रतियोगितामा दशौं स्थानसम्म आउनेलाई नगद पुरस्कारको व्यवस्था गरिएको जनाइएको छ। भरतपुर महानगरमा निर्माणाधीन रिङरोडसहित सडक आयोजना साइकलमैत्री रहेको सन्देश दिन र वातावरण संरक्षणमासमेत टेवा पुर्‍याउने उद्देश्यले साइकलको प्रयोग बढाउन प्रतियोगिता गराउन लागिएको आयोजकको भनाइ थियो।

करिब दुई घण्टाको प्रतियोगितामा लगभग ६५ किमी दूरी पार गर्नुपर्ने व्यवस्था गरिएको छ। नारायणी नदी तीरबाट सुरू भई भरतपुर महानगरपालिकाको विभिन्न भित्री सडकमा दौड, र्‍यालीसहित पुनः नारायणी तिरमा आइ समापन हुनेछ। क्यान्सरपीडितलाई सहयोग गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा विजेता खेलाडीलाई नगदपुरस्कारसहित, पदक तथा प्रमाणपत्र वितरण गरिनेछ र विभिन्न व्यक्तिलाई सम्मान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा काठमाडौँसहित हेडौँटा, पोखरा, बारा, पर्सा, एपिएफको समेत सहभागिता रहेको छ। अध्यक्ष प्रचण्डको छोरी ज्ञानु र छोरा प्रकाश दाहालको निधनपछि उनीहरुको स्मृतिमा प्रतिष्ठान बनाइएको महानगर प्रमुख रेनु दाहालले बताइन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation