वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने तिलौराकोटलाई राष्ट्रिय गौरवको योजनामा समाबेश गरी विश्व सम्पदासूचीमा सूचीकृत गरिने                
समाचार :

स्थानीय तहको निर्वाचनमा गठबन्धनसँगै नेकपा प्युठान

प्युठान ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्युठानमा आधार इलाकाक रूपमा लिइएको माण्डवी गाउँपालिकाबाट निर्वाचनमा होमिने संकेत दिएको छ। जिल्लामा छलफल जारी रहेको बताउने पार्टीले पालिकामा भने माओवादी केन्द्रसहितको गठबन्धनमा मिलेर जाने गरी सहमति गरेको हो।

माओवादी केन्द्र, नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चासँग चुनावी गठबन्धन गरेर जाने बुँदामा नेकपाका नेता तथा माण्डवी गाउँपालिका इन्चार्ज बलबहादुर खत्रीले शुक्रबार हस्ताक्षर गरेका छन्। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुने र सत्ताधारी गठबन्धनसँगै तालमेल गरी जान नेकपा सकारात्मक देखिएको छ।

पार्टीको सहअस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा गठबन्धन गरी लड्नेमा आफूहरू सकारात्मक रहेको नेकपाका जिल्ला सेक्रेटरी दिलबहादुर घर्ति ९अजय०ले बताए। स्थानीय तहको पहिलो निर्वाचन बिथोल्ने प्रयास गरेको नेकपाले यो निर्वाचनमा आफ्ना शुभेच्छुकहरू चुनावमा उठे सहयोग गर्ने निर्णय केही दिनअघि केन्द्रीय बैठकबाट गरेको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation