भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति बुद्धभुमि महाेत्सवमा शनिवार पशुपति शर्मा र भुमिका गिरी आउने भोलि देखि सुरु हुने बुद्धभुमि कृषि पर्यटन महोत्सवको १ बजे उद्घाटन मन्त्री आचार्यले गर्ने नेपालमा पहिलोपटक समलैंगिक विवाह दर्ता बुद्धभूमि महोत्सवले स्थानीय उत्पादनलाई: जोड दिने                
समाचार :

झलनाथको जवाफ ओलीलाई : हाम्रो पार्टी दसौँ टनको ढक हो

काठमाडौं ।
नेकपा एकीकृत समाजवादी का सम्मानित नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई किलोको ढक भनेकोमा आपत्ति जनाएका छन् । ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्विन्टल र अन्य पार्टीलाई किलोको ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दसौँ टनको बनिरहेको दाबी समेत गरेका हुन् ।

शनिबार पाटीद्वारा काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दसौँ टनको बन्दै गएको कुरा हेर्न जिल्ला जिल्लामा जान पनि ओलीलाई चुनौती दिए । नेता खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे ।

उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए । उनले भने, ‘हाम्रा सामु अब निर्वाचनको घोषणा भएको छ । हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौँ । केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाहिँ क्विन्टल हामीहरूलाई चाहिँ ढक ।

म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईंको पार्टी ढक हो कि तपाईको पार्टी क्विन्टल हो कि अथवा एकीकृत समाजवादी चाहिँ टन हो, यहाँ आएर हेर्नुहोस् । प्रत्येक जिल्लामा गएर हेर्नुहोस् । अव नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दसौँ टनको पार्टी बन्दैछ । अव हामीले निर्वाचनको व्यापक तयारी गर्नुपर्ने आवश्यक्ता छ । अव हामीले उम्मेदवार चयन गर्नुपर्नेछ ।

अर्को पाँच दलीय गठबन्धनलाई कायमै राखेर अगाडि बढ्नु छ । चुनावी तालमेल गर्दै अगाडि पनि बढ्नुपर्नेछ । समाजवादको आधार तयार पार्नका लागि पनि स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधिहरू आफ्नो पार्टीको बनाउनुपर्ने हुन्छ । त्यसका लागि लागौँ ।’ नेता खनालले घरघरमा गएर गठबन्धन र पार्टीको पक्षमा निर्वाचनको प्रचारप्रसार गर्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरे ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation