दोश्रो बुद्धभूमि महोत्सव प्रदर्शनीमा आज प्रिति आले आउने चितवन सामुदायिक पुस्तकालयमा संघका केन्द्रीय अध्यक्षकाे: अवलोकन महोत्सवमा आइतवार दर्शकको थामी नसक्नु भिड सामाजिक रूपान्तरणका लागि सामुदायिक पुस्तकालय स्वयंसेवक संघ केन्द्रकाे: अवलोकन भुकम्प पिडितका लागि बृहत रक्तदान कार्यक्रम सम्पन्न वर्तमान अवस्थाबारे नेकपा (विप्लव) द्धारा कपिलवस्तुमा बृहत अन्तरक्रिया बुद्धभुमि महाेत्सवमा जाजरकोट भुकम्प पिडित र पत्रकार लागि रक्तदान प्रदेश इंचार्ज: तिलक गिरी तौलिहवा उद्योग बाणिज्य संघको अध्यक्षमा पुनः गयादिन कुर्मी (दिपु) निर्वाचित बुद्धभूमि महोत्सवमा तेस्रो दिन शनिबार चर्चित लोक दोहोरि गायक पशुपति शर्मा आउने बुद्धभुमि पर्यटन महोत्सवको पहिलो दिन दर्शकको बाक्लो उपस्थिति                
समाचार :

आफैले बनाएको विश्व रेकर्ड तोड्न २६ औँ पटक सगरमाथा आरोहण गर्दै कामीरिता शेर्पा

सोलुखुम्बु ।
सोलुखुम्बु थामेका कामीरिता शेर्पाले आफ्नै विश्व कीर्तिमान तोड्न यसपटकको वसन्तयाममा पनि सगरमाथा आरोहण गर्न लाग्नुभएको छ । यसअघि २५ औं पटक सगरमाथा आरोहण गरिसक्नुभएका ५२ वर्षीय शेर्पाले २६ औं पटक सगरमाथाको चुचुरोमा पुग्न आइतबार काठमाण्डौबाट जहाजमा लुक्ला आउने बताइएको छ ।

कोरोना महामारीका कारण तीन वर्षअघि सगरमाथा आरोहण गर्न नपाएका विदेशीको अनुरोधमा कामीरिता यसपटक सगरमाथा चढ्न लाग्नुभएको हो । विगत ३० वर्षदेखि हिमाल आरोहणमा आबद्ध कामीरिता यसपटक पनि विगतझैं आरोहीका लागि बाटो बनाउने जिम्मेवारीमा रहनुभएको छ । दोस्रो शिविरमाथिदेखि चुचुरोसम्म उहाँले करिब १३ हजार मिटर डोरी कतै दोहोरो त कतै एकसरो टाँगेर बाटो बनाइदिनुपर्नेछ ।

समुद्री सतहदेखि ५३ सय मिटर उचाइमा रहेको सगरमाथाको आधारशिविरदेखि ६४ सय मिटर उचाइमा रहेको दोस्रो शिविरसम्म डोरी टाँग्ने र हिउँखाडलमा भर्‍याङ राख्ने काम ‘सगरमाथा प्रदूषण नियन्त्रण समिति’ले गर्छ । त्यसभन्दा माथि उकालोमा डोरीमात्रै टाँग्ने जिम्मा हरेक सिजनमा आरोहण गराउने कम्पनीको साझा संस्था एक्सपिडिसन अपरेटर्स एसोसिएसनले लिन्छ ।

एसोसिएसनका तर्फबाट दोस्रो शिविरदेखि सगरमाथाको चुचुरोसम्म डोरी टाँग्ने कामको नेतृत्व सम्हाल्दै आएका छन् । काठमाण्डौको सेभेन समिट ट्रेक्स प्रालिमा आबद्ध उहाँले एक याममा कम्तीमा २० हजार डलर पारिश्रमिक लिने गरेको बताउनुभयो ।

सन् २००९, २०१०, २०१३ र २०१९ मा एकै याममा दुईपटक सगरमाथा आरोहण गरेका कामीरिताले गत वर्ष पनि दुईपटक सगरमाथा आरोहण गर्ने योजना बनाउनुभएको थियो । तर परिवारको अनुरोधमा दोस्रो पटकको आरोहण रद्द गरेर काठमाण्डौ फर्किनुभएको थियो । कामीरिताले विश्वकै दोस्रो अग्लो शिखर केटू, चौथो अग्लो ल्होत्से, छैटौं अग्लो चोयु र मनास्लु हिमाल पनि आरोहण गरिसक्नुभएको छ ।

कामीरितापछि विश्वमै सर्वाधिक सगरमाथा आरोहण गर्ने दोस्रो स्थानमा उहाँकै जिल्लावासी पासाङदावा शेर्पा रहनुभएको छ । पासाङदावा पनि २३ पटक सगरमाथाको चुचुरोमा पुगिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2023 उज्यालो आवाज All right reserved Site By : Himal Creation